नेप्से सूचकले पार गर्यो १८ सयको बिन्दु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2020 | 03:13:14 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर बजार परिसूचक नेप्सेले १८ सयको बिन्दु पार गरेको छ । मंगलबार सूचक २९.६८ अंकले बढेर १८१०.११ को बिन्दुमा पुगेको हो 

आज कारोबारमा आएका १९६ कम्पनीका १ करोड १७ लाख ४८ हजार ५ सय २० कित्ता शेयर खरिद बिक्रिबाट ५ अर्ब ४४ करोड २९ लाख बराबरको कारोबार भएको छ । आज एनआईसी एसिया बैंकको सबैभन्दा धेरै ३७ करोड ३३ लाख बराबरको कारोबार भएको छ भने नेपाल टेलिकमको २८ करोड ५१ लाख बराबरको कारोबार भएको छ 

आज बोटलर्स नेपाल, हिमालयन डिस्टिलरी, विशाल बजार कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने सोल्टी होटेलको शेयर मुल्य सबैभन्दा धेरै ३.२० प्रतिशतले घटेको छ । आज कारोबारमा आएका होटेल बाहेकका सबै समुहगत सूचक बढेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved