सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2020 | 08:23:39 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited को लाभांश सुरक्षित गर्ने आज मङ्सिर १० गते अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनार्थ मङ्सिर ११ गतेको लागि बुक क्लोज मिति तय गरेकोले मङ्सिर १० सम्म कायम सेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्नेछन भने साधारणसभामा भाग लिन पाउनेछन ।

बैंकले मङ्सिर २० गतेको लागि साधारणसभा आह्वान गरेको छ । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म मार्फत चौधौं वार्षिक साधारण सभा गर्ने जनाएको छ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ११ प्रतिशत लाभांश दिने भएको छ । संचालक समितिबाट प्रस्ताव गरे अनुसार ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (लाभांश कर समेत) बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved