बजार बढिरहेको बेला नेप्सेको वेबसाइटमा समस्या, लगानीकर्ता आक्रोशित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2020 | 12:28:01 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेको वेबसाइटमा समस्या देखिएको छ । बुधबार कारोबार सुरु बह्येको ४० मिनेटपछि अर्थात् ११:४० पछि डाटा डिस्प्लेको समस्या देखिएको हो ।

वेबसाइटमा ११:४० पछि भएको कारोबारको विवरण हेर्न सकिएको छ । नेप्सेको पुरानो र नयाँ दुवै वेबसाइटमा त्यस समयपछिको कुनै पनि कारोबारको विवरण हेर्न सकिएको छ । कारोबारको विवरण, सूचक लगायत हेर्न नपाउँदा लगानीकर्ता सूचनाबाट बन्चित भएका छन् सहज रुपमा कारोबारको निर्णय लिन सकिरहेका छैनन् ।

१२ बजेट २६ मिनेटमा पनि नेप्सेको वेबसाइटमा ११ बजेर ४० मिनेटसम्मको मात्र डाटा

उता नेप्सेले भने डाटा डिस्प्लेमा केहि समस्या देखिएको भन्दै समाधानको प्रयास भईरहेको जनाएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले सामान्य अवस्थामा वेबसाइटमा हरेक ३० सेकेण्डमा डाटा अपडेट हुने गरेकोमा अहिले समयस आएर केहि ढिलो अपडेट भईरहेको बताए । उनले डाटा ढिलो अपडेट भईरहेको बताए पनि ११:४० बजेको समयपछि कुनै पनि डाटा अपडेट नै भएको छैन । डाटा डिस्प्लेको समस्या देखिए पनि कारोबार जारी रहेको र समस्या समधानको लागी काम भईरहेको उनको भनाई छ ।

बजार बढिरहेको बेलामा वेबसाइटमा समस्या देखिएपछि लगानीकर्ता भने आक्रोशित भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved