३ महिनामा नेप्सेमा १ खर्ब १७ अर्बको धितोपत्र सूचीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2020 | 06:08:30 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा नेपाल स्टक एक्सचेन्ज नेप्सेमा १ खर्ब १७ अर्ब ६७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७÷७८ तीन महिनासम्ममा १ खर्ब बराबरको विकास ऋणपत्र, ६ अर्ब ९७ करोड बराबरको साधारण शेयर, ४ अर्ब ९६ करोड बराबरको बोनस शेयर, ४ अर्ब बराबरको डिबेन्चर, १ अर्ब ९ करोड बराबरको हकप्रद शेयर, र ६५ करोड बराबरको म्युचअल फण्ड गरी कुल १ खर्ब १७ अर्ब ६७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।

यस अवधिमा नेपाल धितोपत्र बोर्डले १ अर्ब २० करोड बराबरको डिबेन्चर, ९३ करोड ८६ लाख बराबरको साधारण शेयर र ५३ करोड ३७ लाख बराबरको हकप्रद शेयर गरी कुल २ अर्ब ६७ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ । त्यस्तै नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ असोजसम्ममा सूचीकृत ४ अर्ब ८९ करोड शेयरको चुक्ता मूल्य ४७९ अर्ब ८३ करोड रहेको छ ।

त्यस्तै २०७६ असोज मसान्तमा ११३७.८ रहेको नेप्से सूचकाङ्क २०७७ असोज मसान्तमा १५६२.५ पुगेको छ । २०७७ असार मसान्तमा यस्तो सूचकाङ्क १३६२.४ रहेको थियो ।  २०७७ असोज मसान्तमा धितोपत्र बजार पुँजीकरण २०८२ अर्ब ५८ करोड पुगेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण रु.१७९२ अर्ब ७६ करोड रहेको थियो ।

 २०७७ असोजमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०९ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ३३ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४÷४ होटल तथा व्यापारिक संस्था र ६ अन्य समूहका रहेका छन्। २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो । 

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७५.४ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ६.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.५ प्रतिशत, होटेलको हिस्सा १.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १३.१ प्रतिशत रहेको राष्ट्र बैंकले अजन्येको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved