पिपुल्स पावरले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2020 | 01:39:15 PM मा प्रकाशित

laxmi  sunrise bank

पिपुल्स पावर लिमिटेडले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्नको लागि बिक्रि प्रबन्धक चयन गरेको छ। कम्पनीले  प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।

बिक्रि प्रबन्धक नियुक्ति सम्झौतामा क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकाली र   पिपुल्स पावरका तर्फबाट सञ्चालक सन्तोष राज नेपालले  हस्ताक्षर गरेका हुन । कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणका लागि ३१ करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्न लागेको हो।

पिपुल्स पावरले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । कम्पनीका अनुसार यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved