शेयर डिम्याट गराउन नारायणी डेभलपमेन्ट बैंकको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2020 | 02:35:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नारायणी डेभलपमेन्ट बैंकले शेयर अभौतिकरण नगराएका लगानीकर्तालाई आफ्नो शेयर डिम्याट गराउन आग्रह गरेको छ । कम्पनीले शेयर अभौतिक नगराएका सर्बसाधारण र संस्थापक लगानीकर्तालाई शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलमा गई शेयर डिम्याट गराउन आग्रह गरेको हो ।

राष्ट्र बैंकले समस्याग्रस्त सुचीबाट हटाएसंगै हालै मात्र नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कम्पनीको शेयर कारोबार फुकुवा भएको हो । 



बैंकले हकप्रद शेयर निष्काशनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन पनि दिएको छ । कम्पनीले १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद निश्काशन पश्चात बैंकको चुक्ता पूँजी १३ करोड १२ लाख पुग्नेछ । बैंकले केही वर्षमै ५० करोड चुक्ता पुजी पुर्याउने योजना बनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved