शेयर बजारमा ऐतिहासिक दिन, सूचक र कारोबार रकम हालसम्म कै उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2020 | 03:16:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको शेयर बजारले आज नयाँ इतिहास रचेको छ । आज शेयर बजार परिसूचक नेप्से हालसम्म कै उच्च विन्दुमा पुगेको छ भने आजको कारोबार रकम पनि हाल सम्म कै उच्च रहेको छ ।

आज नेप्से सूचक १८.४३ अंकले बढेर १८८३.२४ को बिन्दुमा पुगेको रोकिएको छ । यो नै हालसम्म कै उच्च बिन्दु हो । यस अघि सन् २०१६ जुलाई २७ मा नेप्से सूचक १८८१.४५ को बिन्दुमा पुगेको थियो । सो रेकर्ड आज तोडिएको हो । त्यस्तै आज ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँको कारोबार भएको छ। ७ अर्ब बढीको कारोबार भएको यो नै पहिलो पटक हो 


आज नेपाल पुनर्बिमा कम्पनीको सबै भन्दा धेरै ५८ करोड १३ लाख बराबरको कारोबार भएको छ । आज २०१ कम्पनीका १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता शेयर खरिद बिक्रि भएका छन् 

आज एनएमबि लघुवित्त सहित ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने साल्ट ट्रेडिङको शेयर मूल्य सबै भन्दा धेरै ६.१८ प्रतिशतले घटेको छ । आज कारोबारमा आएका बैंकिंग, हाइड्रो, उत्पादन, अन्य र म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक घटेका छन् 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved