अरुण कावेली पावरको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2020 | 10:17:23 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अरुण कावेली पावर Arun Kabeli Power को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५.७१ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य २५४ कायम भएको छ । समायोजन अगाडी कम्पनीको शेयर मूल्य २६९ थियो । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज मङ्सिर १२ देखि मङ्सिर २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो । मङ्सिर ११ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र लाभांश पाउँन सक्ने छन् ।

कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट ५.७१ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२९ प्रतिशत नगद लाभांश गरि कुल ६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउन सक्ने छन् ।

कम्पनीले मङ्सिर २२ गते साधारणसभा आह्वान गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved