माछापुच्छ्रे बैंकको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2020 | 10:43:28 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले साधारणसभा आह्व्ना गरेको छ । बैंकले यस अघि कार्तिक ६ गते साधारणसभा आह्वान गरेकोमा सो स्थगित भएपछि साधारणसभाको नयाँ मिति तोकेको हो ।

जस अनुसार बैंकले पुस २ गते बिहिबार बिहान ११ बजे पोखरामा रहेको होटेल पोखरा ग्राण्डमा सभा आह्वान गरेको हो ।  सभामा बैंकले यस अघि नै तय गरेको प्रस्तावहरु पेश हुने छन् ।

बैंकले गत आर्थिक बर्षको कमाईबाट ७.०३ प्रतिशत बोनस तथा कर प्रयोजन सहित ३.३७ प्रतिशत नगद सहित्कुल १०.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले कुल ८७ करोड ९६ लाख बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपश्चात लाभांश सेयरधनीहरुमा वितरण हुनेछ।  बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुंजी ९ अर्ब ५ करोड ३० लाख नाघ्नेछ। 

त्यस्तै बैंकले सभामा वार्षिक वित्तीय विवरण पारित गर्ने, नगद प्रवाह विवरण पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तय गर्ने, अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक प्रतिनिधित्व गर्ने ३ जनाको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश हुने छ ।

बैंकले साधारणसभा प्रयोजनको लागि असोज २२ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । असोज २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved