न्यादी हाइड्रोले माग्यो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2020 | 06:00:28 PM मा प्रकाशित

laxmi  sunrise bank

 न्यादी हाइड्रोपावरले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले मङ्सिर १० गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले आयोजना प्रभाववित स्थानीय र सर्बसाधारणको लागि ४० करोड ५० लाख बराबरको ४० लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि बोर्डसँग अनुमति माग गरेको हो । जस मध्ये १५ लाख आयोजना प्रभावित स्थानीयलाई छुट्याईएको छ भने ३ लाख कित्ता कम्पनीका संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुका लागि र वाँकी २२ लाख ५० हजार कित्ता सर्वसाधारणलाई छुट्याईएको छ । सर्वसाधारणलाई छुट्याईएको २२ लाख ५० हजार मध्ये १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाएको छ। हाल कम्पनीको जारी पुँजी डेढ अर्ब रहेको छ ।  

शेयर निष्काशनको लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।  कम्पनीले नागरिक लगानी कोषलाई शेयर प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरिसकेको छ । सर्वसाधारणलाई शेयर जारि गर्दा बिक्रि नभई बाँकि रहेको शेयर कोषले  खरिद गर्ने छ । 

 कम्पनीले लमजुङमा ३० मेगावाटको  न्यादी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  कम्पनीमा बुटवल पावरको समेत लगानी छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved