समृद्धि फाइनान्सको लिलामीको शेयरमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2020 | 08:39:30 AM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्स Samriddhi Finance Company ले लिलामीमा ल्याएको शेयरमा आवेदन दिने आज मङ्सिर १७ गते अन्तिम दिन रहेको छ । कम्पनीले  हकप्रदमा अवितरित १८ लाख कित्ता बढी शेयर मङ्सिर १० देखि लिलाम गरेको हो ।

कम्पनीले सर्बसाधारण समुहको ४ लाख ६६ हजार ८९ कित्ता र संस्थापक समुहको १३ लाख ८५ हजार २ सय ६८ कित्ता गरि कुल १८ लाख ५१ हजार ३ सय ५७ कित्ता शेयर लिलाम गरेको हो ।  शेयर लिलाम प्रक्रियाको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीले असोज १६ गतेदेखि कार्तिक ६ गतेसम्म १:२ को अनुपातमा २ सय प्रतिशतको दरले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासन गरेको थियो । हकप्रद निष्काशन गर्दा बिक्रि नभएको शेयर लिलाम गरिएको हो ।  

वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी १८ करोड १९ लाख रहेकोमा हकप्रदपछि कम्पनीको चुक्ता पुँजी ५४ करोड ५९ लाख पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved