वोमी लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2020 | 10:20:56 AM मा प्रकाशित

laxmi  sunrise bank

वोमी लघुवित्त Womi Microfinance Bittiya Sanstha  ले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशतको दरले हुन आउने ८ करोड ३३ लाख ५४ हजार ४ सय रुपैयाँ बराबरको  बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनी नागरिक लघुवित्तसँग  मर्ज भई एकिकृत कारोबार गरेकोले बोनसमा कर लाग्ने छैन । हाल कम्पनीको चुक्ता पुँजी २७ करोड ७८ लाख ४८ हजार रहेको छ  । 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved