नेरुदे लघुवित्तको ९८ हजार ९ सय कित्ता शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2020 | 08:54:41 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्शियल बैंकएल आफ्नो स्वामित्वमा रहेको नेरुदे लघुवित्त Nerude Laghubitta Bittiya Sanstha  को ९८ हजार ९ सय कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको छ । बैंकले यस अघि २ पटक शेयर लिलाममा राखेकोमा पुरै बिक्रि नभएपछि बाँकि रहेको ९८ हजार ९ सय कित्ता पुन: लिलामीमा ल्याएको हो 

लिलामीको लागि न्युनतम मूल्य प्रति कित्ता ३ सय कायम गरिएको छ । लिलामीको शेयरमा आवेदन दिन इच्छुकहरुले सो मूल्य भन्दा बढी कबुल गरि आवेदन पेश गर्नु पर्ने छ । उक्त लिलाममा विद्यमान संस्थापक शेयरधनी, लगायत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी, तथा संगठित संस्थाले आवेदन दिन सक्ने छन् 

आवेदन दिँदा न्युनतम १०० कित्ताको लागि अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । इच्छुक तथा योग्य आवेदकहरुले मङ्सिर २५ गतेदेखि पुस २ गतेसम्म आवेदन दिन सक्ने छन् । 

शेयर लिलाम प्रक्रियाको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved