छिमेक लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2020 | 10:13:33 AM मा प्रकाशित

laxmi  sunrise bank

 छिमेक लघुवित्त Chhimek Laghubitta Bittiya Sanstha  ले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको २२ प्रतिशतले हुन आउने ३३ करोड बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत ७ प्रतिशतले हुन आउने १० करोड ५० लाख नगद लाभांश गरि कुल २९  प्रतिशत (४३ करोड ५० लाख बराबरको )  लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी डेढ अर्ब रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved