'ढाड सेक्ने कमिशन नेपालमा चर्को, कम गर्न कमिशन किन मान्ने झर्को' (फोटोफिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2020 | 12:59:01 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्रोकर कमिशन घटाउन माग गर्दै लगानीकर्ता संघहरुले नेपाल धितोपत्र बोर्डमा ज्ञापन पत्र बुझाएका छन् । नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ, नेपाल पुँजीबजार संघ र शेयर लगानीकर्ता दबाब समुहले शुक्रबार संयुक्तरुपमा बोर्डलाई ज्ञापनपत्र बुझाएका हुन् 

बोर्डलाई ज्ञापनपत्र बुझाउदै लगानीकर्ताहरुले ब्रोकर कमिशन तत्काल घटाएर ०.२५ प्रतिशत कायम गर्न माग गरेका छन् । ब्रोकर कमिशन ०.२५ प्रतिशत कायम गर्दा लगानीकर्ताको लागत कम हुने, शेयरबजारमा नयाँ युवा पुस्ताहरु आउँनको लागि प्रेरणा मिल्ने, छरिएर रहेको पुँजी एकत्रित हुने, पुँजीबजार चलायमान हुने लगानीकर्ता संघहरुको भनाई छ । 

त्यस्तै कमिशन घटाउँदा बोर्ड, नेप्से, ब्रोकर र सिडीएससीको आयमा गुणात्मक वृद्धि हुने, सरकारलाई अझ बढी पुँजीगत लाभकर प्राप्त हुने संघहरुले जनाएका छन् । सरकारलाई बढी पुँजीगत लाभकर तिर्न पाउँदा लगानीकर्ता समेत गौरवान्वित हुने भएकोले बरोकर कमिशन घटाएर लगानीकर्तालाई  गौरवान्वित हुने वातावरण समेत बनाईदिन संघहरुले आग्रह गरेका छन् 

ब्रोकर कमिशन घटाउन माग गर्दै लगानीकर्ताहरुले प्ले कार्ड सहित बोर्ड परिसरमा प्रदर्शन समेत गरेका छन् । सामान्यता प्रदर्शनमा सेतो कागजमा कालोले लेखिएको प्लेकार्ड प्रयोग हुने गरेकोमा यस पटक लगानीकर्ताले हरियो कागजको प्रयोग गरेका छन् । शेयर लगानीकर्ता दबाब समुहका अध्यक्ष हरि ढकालले अहिलेको बजार 'बुलिस' भएको संदेश दिनको लागि सिम्बोलिक रुपमा हरियो रङ्गको कागज प्रयोग गरिएको बताए  । 

लगानीकर्ताहरुले प्ले कार्डमा 'ढाड सेक्ने कमिशन नेपालमा चर्को, कम गर्न कमिशन किन मान्ने झर्को' , 'पुँजीबजार अर्थतन्त्रको ऐना, चर्को कमिशन अन्त कतै छैन', 'ब्रोकर कमिशन कति कति , हात खाली हुन्छ कमाए जति', 'बिज्ञप्तिको चटारो पुँजीबजार बढ्न थाल्दा, थाकीसके लगानीकर्ता वर्षौ शेयर पाल्द', '२० करोडको कारोबारमा कमिशन कति, ९-१० अर्ब कारोबारमा अहिले पनि त्यति', 'DIS को सट्टा हामी EDIS प्रयोग गर्ने, कमिशन घटाउभन्दा किन आँखा तर्ने', लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए  

हेर्नुस फोटो फिचर: 











Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved