तेस्रो त्रैमासमा २८ बाणिज्य बैंकहरु मध्य कसको कमाई कति होला ? (रिपोर्ट)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 16, 2017 | 08:10:25 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक बर्षको तेस्रो त्रैमासमा बैंकहरुले कस्तो प्रगति विवरण प्रकाशित गर्लान भन्ने कुरा लगानीकर्ताको प्रमुख चाँसोको बिषय बनेको छ। दोस्रो त्रैमासमा अधिकांश बैंकहरुले उल्लेख्य प्रगति गरेको विवरण पेश गरेकाले तेस्रो त्रैमासमा समेत उक्त प्रगतिले निरन्तरता पाउने अपेक्षा गरिएको छ। 

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन मर्जर, एक्जिविसन तथा हकप्रदको सहारा लिएका बैंकहरुलाई मुनाफा पुंजीसंगसंगै मुनाफा बढाउन समेत दबाब रहेको छ। 

व्यापारिक, औद्योगिक क्षेत्रका आर्थिक गतिबिधिहरु अपेक्षित रुपमा बढ्न नसकेका कारणले सिर्जना भएको प्रतिकुल वातावरणको प्रभाबको असर बाणिज्य बैंकहरुको कारोबारमा समेत परेको छ। अस्थिर राजनीति, भूकम्पको क्षतिबाट माथि उठ्ने क्रममा रहेको अर्थतन्त्र, तरलता अभाब लगायतको प्रतिकुल वातावरणका बीच पनि बैंकहरुले यस आर्थिक बर्षको तेस्रो त्रैमासमा समेत राम्रै प्रगति विवरण गर्न सक्ने  अनुमान गरिएको छ। 

लगानीकर्ताको अपेक्षालाई सम्बोधन गर्नका लागि बिजपाटी डटकमले बाणिज्य बैंकहरुको दोस्रो त्रैमासको प्रगति विवरण तथा कारोबारलाई आधार मानेर यस आर्थिक बर्षको तेस्रो त्रैमासमा प्रस्तुत गर्न सक्ने सम्भावित प्रगति विवरणलाई प्रस्तुत गर्ने जमर्को गरेको छ। 

नोट: प्रस्तुत अनुमानित प्रगति बिबरणमा बैंकहरुले गत आर्थिक बर्षको कमाईबाट वितरण गरेको बोनस तथा बुक क्लोज भएका हकप्रद प्रस्ताबलाई पुंजिकृत गरि देखाइएको छ।   

                                        बिजपाटीका लागि जनोमले तयार पारेको प्रक्षेपित रिपोर्ट

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved