२८ बाणिज्य बैंक मध्य कुन बैंकले कसरि पुर्याउंदैछन चुक्ता पुंजी ८ अर्ब ? (रिपोर्ट)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 17, 2017 | 10:42:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन बाणिज्य बैंकहरुसंग अब मात्र ३ महिना बाँकी छ। ३ महिनाको छोटो अवधि भित्र बाणिज्य बैंकहरुले कसरि चुक्ता पुंजी ८ अर्ब पुर्याउलान भन्ने चाँसोको बिषय समेत बनेको छ। 

राष्ट्र बैंकले अहिले संचालनमा रहेका २८ बाणिज्य बैंकलाई घटाएर थोरै संख्यामा बलिया बाणिज्य बैंक बनाउने उदेश्यले मर्जर नीति अघि सारेको थियो। यद्दपी अधिकांश बाणिज्य बैंकहरुले कमर्शियल बैंकहरुमै टिकिरहन हकप्रदको सहारा लिएका छन् भने केहि बैंकहरुले बिकास बैंक तथा अन्य वित्तीय संस्थालाई प्राप्ति गरि आवश्यक पुंजी थप गरेका छन। 

साथै स्ट्यान्डर्ड चार्टड बैंक लगायतका केहि बैंकहरुले चुक्ता पुंजी ८ अर्ब पुर्याउन फर्दर पब्लिक अफारिङ, एफपीओको सहारा समेत लिएका छन। त्यस्तै सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंकले भने समय अगाबै राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याइसकेका छन। 

त्यस्तै केहि एभरेष्ट बैंक लगायतका केहि बैंकहरुले भने मर्जर गरि चुक्ता पुंजी बढाउँन प्रोत्साहन स्वरूप ल्याएको कर छुटको फाइदा लिनका लागि वित्तीय संस्थालाई गाभ्ने रणनीति अख्तियार गर्न लागेको पाइएको छ। 

बैंकहरुले २०७४ असार मसान्त भित्र आ-आफ्नै ढंगबाट राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन तयारी गरेको अवस्थामा लगानीकर्ताको चाँसोलाई सम्बोधन गर्न बिजपाटी डटकमले यो रिपोर्ट प्रस्तुत गर्ने प्रयास गरेको छ। यस रिपोर्टमा उल्लेख्य विवरण बैंकहरुले प्रस्तुत गरेको पुंजी वृद्धि योजना तथा प्राप्त जानकारीका आधारमा तयार गरिएकाले यसमा उल्लेख्य तथ्यांक सत्य नजिक रहे पनि अन्तिम भने नरहेको जानकारी गराउन चाहन्छौं। 

प्रस्तुत छ बिजपाटीका लागि जनोमले तयार गरेको बैंकहरुको सम्भावित पुंजी वृद्धि योजना:     



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved