तेस्रो त्रैमासमा ४७ बिकास बैंकहरु मध्य कसको कमाई कती होला ? (प्रक्षेपण रिपोर्ट)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 19, 2017 | 10:29:55 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा बिकास बैंकहरुले कस्तो प्रगति विवरण प्रकाशित गर्लान भन्ने कुरा लगानीकर्ताको प्रमुख चाँसोको बिषय बनेको छ। दोस्रो त्रैमासमा अधिकांश बिकास बैंकहरुले उल्लेख्य प्रगति गरेको विवरण पेश गरेकाले तेस्रो त्रैमासमा समेत उक्त प्रगतिले निरन्तरता पाउने अपेक्षा गरिएको छ। 

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी पुर्याउन मर्जर, एक्जिविसन तथा हकप्रदको सहारा लिएका बैंकहरुलाई पुंजीसंगसंगै मुनाफा बढाउन समेत दबाब परेको छ। 

व्यापारिक, औद्योगिक क्षेत्रका आर्थिक गतिबिधिहरु अपेक्षित रुपमा बढ्न नसकेका कारणले सिर्जना भएको प्रतिकुल वातावरणको प्रभाबको असर, बाणिज्य बैंकहरुले बिकास बैंककै हाराहारीमा मुद्दती निक्षेपको ब्याजदर पुर्याउंदा बिकास बैंकहरुको कारोबारमा समेत परेको छ। अस्थिर राजनीति, भूकम्पको क्षतिबाट माथि उठ्ने क्रममा रहेको अर्थतन्त्र, तरलता अभाब लगायतको प्रतिकुल वातावरणका बीच पनि बिकास बैंकहरुले यस आर्थिक बर्षको तेस्रो त्रैमासमा समेत राम्रै प्रगति विवरण गर्न सक्ने अनुमान गरिएको छ। 

लगानीकर्ताको अपेक्षालाई सम्बोधन गर्नका लागि बिजपाटी डटकमले बिकास बैंकहरुको दोस्रो त्रैमासको प्रगति विवरण तथा कारोबारलाई आधार मानेर यस आर्थिक बर्षको तेस्रो त्रैमासमा प्रस्तुत गर्न सक्ने सम्भावित प्रगति विवरणलाई प्रस्तुत गर्ने जमर्को गरेको छ।

यस प्रक्षेपण रिपोर्टमा उल्लेख्य बिकास बैंकहरु मध्ये त्रिबेणी लगायतका बिकास बैंकहरु विभिन्न बाणिज्य बैंकहरुमा गाभीसकेका छन् भने केहि गाभिन प्रक्रियामा रहेका छन। त्यस्तै केहि बिकास बैंकहरु एक आपसमा गाभिएर नयाँ बिकास बैंक बनेका छन।  

नोट: प्रस्तुत अनुमानित प्रगति बिबरणमा बिकास बैंकहरुले गत आर्थिक बर्षको कमाईबाट वितरण गरेको बोनस तथा बुक क्लोज भएका हकप्रद प्रस्ताबलाई पुंजिकृत गरि देखाइएको छ।   

प्रस्तुत छ बिजपाटीका लागि जनोमले तयार गरेको बिकास बैंकहरुको सम्भावित पुंजी वृद्धि योजना:  

तिनाउँ बिकास बैंक हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ।  

यो पनि:

के एभरेष्ट बैंकको बिशेष साधारणसभाले २८ बाणिज्य बैंकलाई २७ मा झार्न खोजेको हो ?


२८ बाणिज्य बैंक मध्य कुन बैंकले कसरि पुर्याउंदैछन चुक्ता पुंजी ८ अर्ब ? (रिपोर्ट)


तेस्रो त्रैमासमा २८ बाणिज्य बैंकहरु मध्य कसको कमाई कति होला ? (रिपोर्ट)



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved