कैलाश बिकास बैंकको ७३ हजार ५ सय ५४ कित्ता हकप्रद लिलाममा आबे

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 26, 2017 | 10:07:20 AM मा प्रकाशित

laxmi  sunrise bank

कैलाश बिकास बैंकले अवितरित हकप्रद सेयर लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ। बैंकले ७३ हजार ५ सय ५४ कित्ता हकप्रद सेयर लिलाम बढाबढमा बिक्रि गर्न लागेको हो।

इच्छुक बोलकबोल दाताले बैशाख २० देखि बैशाख २८ सम्म आबेदन दिन सक्ने सेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। बैंकले गत फागुन ६ देखि चैत १० सम्म ५ बराबर १ अर्थात २० प्रतिशतका दरले हकप्रद बिक्रि खुला गर्दा सर्वसाधारण तथा संस्थापक समूहको अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरि बिक्रि गर्न लागेको हो।

लिलाम बढाबढमा बिक्रि गर्न राखिएको हकप्रदमा साधारण तर्फ ६२ हजार ५ सय ७३ कित्ता र संस्थापक तर्फ १० हजार ९ सय ८१ कित्ता रहेको छ। इच्छुक बोलकबोल दाताले बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलमा बैशाख २८ सम्म गते बैंकिङ समय सम्म (३ बजे सम्म) आवेदन पेश गर्नु पर्ने छ। बोलपत्रको नतिजा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा बैशाख २९ मा २:३० बजे खोलिने छ।  

   

बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन।

त्यस्तै इच्छुक बोलकबोल दाताले ग्लोबल आइएमई क्यापिटलको एनआइसी एसिया बैंकमा रहेको खाता नम्बर ५४४४४६३७३२५२४००१  मा पैसा संकलन गरि लिलाम बढाबढमा राखिएको हकप्रदमा आबेदन दिन सक्ने छन। साथै ग्लोबल आइएमई क्यापिटलको नाममा गुड फर पेमेन्ट मार्फत समेत आबेदन दिन सकिने छ।

२० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी १ अर्ब ८९ करोड पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ। बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २६ करोड ३८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved