सहयोगी विकास बैंकको कमाई १८९ प्रतिशतले बढ्यो, इपिएस ३९ रुपैयाँ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 26, 2017 | 01:45:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सहयोगी बिकास बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा मनग्गे कमाई गरेको वित्तीय विवरण प्रस्तुत गरेको छ। गत आर्थिक बर्षको यस अवधिसंगको तुलनामा बैंकको कमाई १८९ प्रतिशतले बढेको छ। 

गत आर्थिक बर्षको यस अवधिमा ३ करोड २२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले यस अवधिमा ९ करोड २९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। बिजपाटी डटकमले सहयोगी विकास बैंकको तेस्रो त्रैमासको कमाई ९ करोड १४  लाख  हुने प्रक्षेपण गरेको थियो। अनुमान गरेभन्दा बैंकको कमाई १५ लाखले बढी हो।

बैंकको संचालन आम्दानी र खुद ब्याज आम्दानी तर्फ आकर्षक प्रगति देखिएको छ। जस कारण कमाईमा उल्लेख्य प्रगति देखिएको हो। यस अवधिमा बैंकको संचालन आम्दानि ५ करोड १ लाखबाट बढेर १२ करोड ९८ लाख रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानि ९ करोड ६७ लाखबाट बढेर १७ करोड ८५ लाख पुगेको छ।  

यस अवधिमा बैंकले २ अर्ब ९७ करोड निक्षेप संकलन गरि २ अर्ब ८८ करोड कर्जा प्रवाह गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले २ अर्ब ४५ करोड निक्षेप संकलन गरि १ अर्ब ९७ करोड कर्जा प्रवाह गरेको थियो। 

यस अवधिमा बैंकले १ करोड ५६ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ। बैंकको निष्कृय कर्जा अनुपात २ दशमलब ८५ प्रतिशतबाट घटेर शुन्य दशमलब ५६ प्रतिशतमा झरेको छ। 

यस अवधिमा बैंकको चुक्ता पुंजी ३१ करोड ४६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष रकम २३ करोड ३८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै समिक्षा अवधिमा बैंकको प्रति सेयर आम्दानि ३९ रुपैयाँ ४१ पैसा, प्रति सेयर नेटवर्थ १७४ रुपैयाँ ३३ पैसा, मूल्य आम्दानीको अनुपात ११ दशमलब ०६ गुणा र कर्जा निक्षेप अनुपात ७७ दशमलब ०४ प्रतिशत रहेको छ।  

त्यस्तै 

सहयोगी बिकास बैंकले हकप्रद निष्काशन प्रयोजनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ। बैंकले ३५ प्रतिशत हकप्रद निष्काशनका लागि बैशाख १५ लाख बुक क्लोज गर्ने निर्णय गरेको हो। 

बैशाख १५ का लागि बुक क्लोज गर्ने निर्णय गरेकाले बैशाख १४ सम्म कायम सेयरधनीहरुले मात्र सहयोगी विकास बैंकको हकप्रद भर्न पाउने छन्। सहयोगीले प्रति कित्ता १ सय रुपैयाँका दरले ११ करोड रुपैयाँ बराबरको ११ लाख १ हजार १ सय ३५ कित्ता हकप्रद बिक्रि गर्न लागेको हो। 

३५ प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात सहयोगीको चुक्ता पुंजी ४२ करोड ४७ लाख रुपैयाँ पुग्ने छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सहयोगीले २०७४ असार मसान्त भित्र चुक्ता पुंजी ५० करोड रुपैयाँ पुर्याउनु पर्ने छ। 

यो पनि 

तेस्रो त्रैमासमा ४७ बिकास बैंकहरु मध्य कसको कमाई कती होला ? (प्रक्षेपण रिपोर्ट)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved