एभरेष्टको बैंकको बिशेष साधारणसभाले टुंग्यायो एक्वायर गर्ने बैंक, स्वाप रेसियो कति होला ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 03, 2017 | 01:42:10 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकले लक्ष्मी बैंकलाई गाभ्ने चर्चा यथार्थ बन्ने भएको छ। बैंकले डाकेको बिशेष साधारणसभामा बोल्दै बैंकका अध्यक्ष बिके श्रेष्ठले घुमाउरो भाषामा लक्ष्मी बैंकलाई गाभ्न सक्ने सम्भावनाबारे बोलेका छन। 

अध्यक्ष श्रेष्ठले बैंकको नाम नखुलाई प्रति कित्ता ४ सय ५० रूपैयाँ सेयर मूल्य भएको बैंकलाई गाभ्न लागेको घोषणा गरेका हुन। लक्ष्मी बैंकको प्रति कित्ता ४८७ रुपैयाँ आसपासमा सेयर कारोबार भई रहेको छ। एभरेष्टसंग गाभिने चर्चासंगै लक्ष्मीको सेयर मूल्य उकालो लागिरहेको छ।   

बिशेष साधारणसभामा उपस्थित सेयरधनीहरुले बैंकको नाम खुलाउन आग्रह गरेपनि अध्यक्ष श्रेष्ठले कुन बैंक गाभ्न लागेको हो भन्ने बारे औपचारिक जानकारी गराउन भने मानेन। यद्दपी उनले विदेशी कम्पनीले ड्यु डेलिजेन्स अडिट (डीडीए) गर्न राष्ट्र बैंकले अनुमति दिइसकेको सेयरधनीहरुलाई जानकारी गराए।

बैंकको लैनचोर ब्यान्केटमा डाकिएको बिशेष साधारणसभाले मर्जरमा जान सञ्चालक समितिलाई अधिकार दिएको छ। त्यस्तै संस्थापक सेयरलाई साधारणमा परिवर्तन गर्ने प्रस्ताब  समेत पारित गरेको छ।  बैंकले बिशेष साधारण डाक्ने घोषणा गरेसंगे बिजपाटी डटकमले के एभरेष्ट बैंकको बिशेष साधारणसभाले २८ बाणिज्य बैंकलाई २७ मा झार्न खोजेको हो ? भन्ने शिर्षकमा संचार लेखेको थियो। 

त्यो बेला बिजपाटी डटकमले 'राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन आफै सक्षम हुँदा पनि बैंकले एक ठुलो औधोगिक घराना तथा नागरिक लगानी कोषको लगानी रहेको कमर्शियल बैंकलाई गाभ्ने प्रक्रिया थालेको थियो, लेखेको थियो। 

बिजपाटीलाई प्राप्त सूचना अनुसार लक्ष्मी बैंकलाई ४०-६० प्रतिशतको स्वाप रेसियोमा प्राप्त गरि एभरेष्ट बैंकले यहि आर्थिक बर्षभित्र एकीकृत कारोबार थाल्ने तयारि गरेको छ। यसका लागि बैंकका सञ्चालकहरुबीच एकअर्कासँग मर्ज हुने सहमति समेत भईसकेको छ।      

नेपाल राष्ट्र बैंकले बासल ३ लागु गर्ने सक्ने संकेतलाई आधार मानेर बैंकले अन्य बैंकलाई गाभ्न लागेको हो । बैंकले २०७४ असार मसान्त भित्र आफै चुक्ता पुंजी पुर्याउन सक्ने अवस्था हुदा हुदै पनि अर्को बैंकलाई प्राप्ति गर्ने बाटो खोलेको हो । 

नेप्सेमा बैंकको बोनस शेयर आज सुचिकृत भएसंगै पाएपलाईनमा रहेको हकप्रद केहि दिन भित्रै स्वीकृत हुने तयारीमा रहेको जनाईएको छ  । 

हाल एभरेष्ट बैंकको चुक्ता पुंजी ४ अर्ब ६० करोड र लक्ष्मी बैंकको चुक्ता पुंजी ३  अर्ब ३९ करोड रहेको छ। लक्ष्मी बैंकले शतप्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात चुक्ता पुंजी ६ अर्ब ७८ करोड पुग्ने छ।   

यो पनि: 

के एभरेष्ट बैंकको बिशेष साधारणसभाले २८ बाणिज्य बैंकलाई २७ मा झार्न खोजेको हो ?


एभरेस्ट बैंकको बिशेष साधारण सभा आज, संचालक समितिलाई मर्ज तथा एक्विजिशनको अख्तियारी दिने

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved