स्ट्याण्डर्ड चार्टड बैंकको एफपीओ नतिजा सार्वजनिक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 08, 2017 | 10:58:32 PM मा प्रकाशित

laxmi  sunrise bank

स्ट्याण्डर्ड चार्टड बैंकको एफपीओ बाँडफांड गरिएको छ। नेपाल धितोपत्र बोर्डले दिएको समयसिमा भन्दा ४ दिन ढिलागरि भएको सेयर बाँडफाँटमा १४० कित्तासम्म आबेदन दिएकाले गोलाप्रथा प्रणालीबाट स्ट्यान्डर्ड चार्टडको १० कित्ता सेयर पाएका छन भने त्यो भन्दा माथिको आबेदन दिने सबैले सेयर पाएका छन। 

एफपीओमा १५० कित्ता सेयरका लागि आबेदन दिने सबैले स्ट्याण्डर्ड चार्टडको १० कित्ता सेयर पाएका छन् भने १६० कित्ता आबेदन दिनेले ११ कित्ता सेयर पाएका छन। सबैभन्दा बढी २५ हजार ५ सय ८० कित्ता आवेदन दिने ९९ जनाले स्ट्याण्डर्ड चार्टडको १६३० कित्ता सेयर पाएका छन। 

स्ट्याण्डर्ड चार्टडको एफपीओ निष्काशन तथा बिक्रि प्रबन्धकको जिम्मा पाएको एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार कुल २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपीओका लागि कुल २ लाख २१ हजार ६ सय १३ जनाले आबेदन गरेको मध्ये ४ हजार २ सय ९१ आबेदन रद्द भएका छन। कुल २ लाख १७ हजार ३ सय २२ मान्य आवेदन मध्येबाट १ लाख ४० हजार १ सय ३२ जनाले स्ट्यान्डर्ड चार्टडको सेयर पाएका छन।

स्टाण्डर्ड चार्ट्डले चैत्र १ देखि ४ गतेसम्म १०० रुपैयाँ मूल्यमा प्रतिकित्ता ११९० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२९० रुपैयाँमा २५ लाख ५८ हजार १ सय १० कित्ता  एफपिओ जारी गरेको थियो । जसमा ३६ अर्ब ४१ करोडको आबेदन परेको थियो। 

बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले आश्वाको डाटा भेरिफिकेसनमा समस्या उत्पन्न भएकोले स्ट्यान्डर्ड चार्टडको एफपीओ बाँडफाँड ढिलो हुन गएको स्पष्टिकरण दिदै आएको थियो। जमल स्थित होटल एल्लो प्यागोडामा भएको एफपीओ बाँडफाँड कार्यक्रममा समेत बिक्रि प्रबन्धकले आस्वा प्रणाली मार्फत आबेदन दिने र दोहोरो आबेदन दिने आवेदकहरुको कारण ठुलो संख्यामा आबेदन रद्द हुन सक्ने आशंकाले  धितोपत्र बोर्डले तोकेको ४ दिन ढिला बाँडफाँड गरिएको बताएको छ।

जानेर या अन्जानमा दोहोरो (आस्वा र साधारण) पद्दति मार्फत आबेदन दिनेहरुको संख्या पनि बढेकाले निष्काशन गरिएको सेयरमा अहिलेसम्मको ठुलो मात्रामा आबेदन रद्द भएको छ। जसबाट हचुवाको भरमा र दोहोरो आबेदन दिनेहरुले राम्रो पाठ सिक्ने मौका पाएका छन।   

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउने योजना अन्तर्गत बैंकले एफपीओ निष्काशन तथा बिक्रि गरेको हो। एफपीओ बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ४ अर्ब ५७ करोड पुग्ने छ। 

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved