भावुक हुदै कुलमानले भने 'बल्ब खरिदमा अनियमितताको प्रमाण भेटिए म झुण्डिन तयार छु'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 09, 2017 | 03:06:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङले भारतसंग खरिद गर्न लागेको लिड बल्बमा कुनै पनि अनियमितता नभएको र नहुने प्रष्ट पारेका छन् । बल्ब  खरिदमा अनियमितता भएको समाचार सार्बजनिक भएपछि घिसिङले यस बिषयमा प्रष्ट पार्न आज प्राधिकरणमा पत्रकार सम्मेलन नै गरे । 

पत्रकार सम्मलेनमा घिसिङले बल्ब खरिद प्रक्रियामा आफू वा आफ्नो टिमले पैसा खाएको प्रमाणित भए आफु देश नै छाडेर जाने बताए ।  भावुक मुद्रामा उनले भने ‘मैले लिड बल्बबाट नेपाली जनताको पैसा खानुपर्दैन, मैले पैसा खान चाहेको भए, दुई/तीन घन्टा लोडसेडिङ गराइदिए पुग्थ्यो।’

उनले एलइडी बल्ब खरिद प्रकृयामा अनियमितता भएको भन्ने आरोप सुनियोजित रुपमा लगाइएको  समेत दाबी गरे । उनले भने 'लिड बल्ब खरिदमा अनावश्यक विवाद झिकेर नियोजित रूपले आफ्नो चरित्र हत्या गर्ने खेल भएकोछ ,हामीले अनियमितता गरेको भन्ने कुनै प्रमाण भेटिए म झुन्डिन तयार छु। '

उनले बल्ब खरिदका लागि इसीएल कम्पनिसँग भएको सम्झौता, बील लगायतका कागजसमेत सार्बजनिक गरेका छन् ।  उनले १५० रुपैयाँमा गुणस्तरीय एलईडी बल्ब नेपालकै कुनै व्यापारीले उपलब्ध गराए आफू किन्न तयार रहेको समेत प्रष्ट पारे ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved