कुमारी बैंकको ३ लाख ६६ हजार हकप्रद लिलाम बढाबढमा बिक्रि आजदे

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 21, 2017 | 08:28:34 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकले अवितरित हकप्रद सेयर लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ। बैंकले ३ लाख ६६ हजार ५ सय ६२ दशमलब ६६ कित्ता हकप्रद सेयर लिलाम बढाबढमा बिक्रि गर्न लागेको हो। 

इच्छुक बोलकबोल दाताले जेठ १४ देखि जेठ २१ सम्म आबेदन दिन सक्ने बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल लिमिटेडले जनाएको छ। बैंकले गत चैत ६ देखि बैशाख १० सम्म २ बराबर १ अर्थात ५० प्रतिशतका दरले हकप्रद बिक्रि खुला गर्दा सर्वसाधारण तथा संस्थापक समूहको अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरि बिक्रि गर्न लागेको हो।  

लिलाम बढाबढमा बिक्रि गर्न राखिएको हकप्रदमा साधारण तर्फ २ लाख ८० हजार ४ सय ७० कित्ता र संस्थापक तर्फ ८० हजार ९२ दशमलब ६६ कित्ता रहेको छ। इच्छुक बोलकबोल दाताले बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलमा जेठ २१ गते बैंकिङ समय ३ बजेसम्म आबेदन पेश गर्नु पर्ने छ। बोलपत्रको नतिजा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलको कार्यलयमा जेठ २२ मा ३ बजे खोलिने छ।  


बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन।

त्यस्तै इच्छुक बोलकबोल दाताले सिद्दार्थ क्यापिटलको सिद्दार्थ बैंकमा रहेको खाता नम्बर ००११५२५३८६० मा पैसा संकलन गरि लिलाम बढाबढमा राखिएको हकप्रदमा आबेदन दिन सक्ने छन। साथै सिद्दार्थ क्यापिटलको नाममा गुड फर पेमेन्ट मार्फत समेत आबेदन दिन सकिने छ।

चुक्ता पुंजी ८ अर्ब पुर्याउन अघि तम्सिएको कुमारी बैंकको ५० प्रतिशत हकप्रद वितरण पछि चुक्ता पुंजी ४ अर्ब ४ करोड रुपैयाँ पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ रहेको छ।   

बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काक्रे विहार विकास र पश्चिामाञ्चल फाइनान्सलाई प्राप्ति गर्नु अघि कायम चुक्ता पुंजीबाट ५० प्रतिशत हकप्रद निष्काशन तथा बिक्रि खुला गरेको हो।   

तीन विकास बैंक र एक फाइनान्सलाई एक्वायर गरेपछि कुमारी बैंकको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ पुग्नेछ । एक्वायरपछि बन्ने संस्थाको निक्षेप ५० अर्ब र कर्जा ४१ अर्ब रुपैयाँ पुग्ने छ । यसैगरी, देशभर ८० वटा शाखा पुग्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved