सर्भर क्र्यास भएर अन्योल बढेको दिन नेप्सेमा ५२ करोड कारोबार, १० अंकले घट्यो बजार

बजार घटेपनि १० प्रतिशतले बढ्यो ३ कम्पनीको शेयर मूल्य
मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 22, 2017 | 03:27:51 PM मा प्रकाशित

laxmi  sunrise bank

 साताको दोस्रो दिन आज सोमबार बजार परिसूचक नेप्से घटेको छ भने अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ । आज बजार १०.८५ अंकले घटेर १६१६.३९ को बिन्दुमा रोकिएको छ ।

आज नेप्सेको डाटा रहेको गभरमेण्ट इन्टिग्रेटेड डाटा सेन्टरको पावर व्याकअप बन्द हुँदा  सर्भर क्र्यास भएर नेप्सेको वेबसाइट नै बन्द हुँदा अन्योल छाएको थियो । 

यस दिन १४५ कम्पनीका ९ लाख ८५ हजार ५ सय ५० कित्ता शेयर खरिद बिक्रिबाट ५२ करोड ८६ लाख ७९ हजार ९ सय २२ रुपियाँको कारोबार भएको छ ।  आज नेपाल बैंक लिमिटेडको सर्बाधिक ८ करोड रुपियाँ बराबरको कारोबार भएको छ ।  अन्य बढी कारोबार हुनेमा बैंक अफ काठमाडौँ, हिमालयन जनरल इन्स्योरेन्स , प्रभु बैंक, प्रभु इन्स्योरेन्स लगायतका रहेका छन्    । 

आज उत्पादन र होटेल समुह बाहेकका सूचक घटेका छन्    । बजार घटेपनि ३ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । सिनर्जी पावर, मेरो माइक्रोफाइनान्स र नमस्ते माइक्रोफाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढेको हो    । 

यस्ता छन् आज सर्बाधिक कमाउनेहरु: 


यस्ता छन् आज सर्बाधिक गुमाउने कम्पनीहरु: 


यो पनि: 

डाटा सेन्टरको पावर काटिंदा नेप्सेको वेबसाइट क्र्यास, नियोजित रुपमा चलेखेल गरेको आरोप




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved