बोटलर्स नेपालको यस्तो बदमासीमा धितोपत्र बोर्ड मौन किन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 23, 2017 | 09:35:20 AM मा प्रकाशित

laxmi  sunrise bank

एक सचेत लगानीकर्ताको लागि कम्पनीले सार्वजनिक गर्ने वित्तीय विवरण निकै महत्त्वपूर्ण हुन्छ। लगानीको निर्णय लिनु अगाडी हेरिने बिबिध पक्ष मध्य कम्पनीले प्रस्तुत गर्ने वित्तीय विवरण प्रमुख हो। तर त्यहि विवरणमा उल्लेख विवरण नै गलत भए या त्यसमा कम्पनीले बदमासी वा चलाखी भए त्यसको प्रभाब कस्तो होला ? 

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत अधिकांश कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मको आफ्नो वित्तीय अवस्था सार्वजनिक गरिसकेका छन्। जसमा केहि संस्था बाहेक अधिकांशले उल्लेख्य प्रगति गरेको प्रगति विवरण प्रस्तुत गरेका छन् भने उनीहरुले प्रस्तुत गरेको वित्तीय विवरणलाई आधार मान्दा लगानीकर्ताले राम्रै प्रतिफल पाउने आशा गर्न सकिन्छ। 

यद्दपी बोटलर्स नेपालले भने तेस्रो त्रैमासको प्रगति विवरणमा लगानीकर्ताको आँखामा छारो हालेर ठुलो बदमासी गरेको छ। वित्तीय बिबरणमा उल्लेख्य सूचकहरु मध्य कै महत्त्वपूर्ण मानिने प्रति सेयर आम्दानीमा नै बोटलर्स नेपालले बदमासी गरेको तथ्य फेला परेको छ। 

बोटलर्स नेपाल लिमिटेड (बालाजु) ले प्रस्तुत गरेको तेस्रो त्रैमासको प्रगति विवरणमा प्रति सेयर आम्दानी २६ रुपैयाँ १० पैसा उल्लेख छ। तर उसको वित्तीय विवरणलाई अध्ययन गर्ने हो भने प्रति सेयर आम्दानी ८ रुपैयाँ ७० पैसा हुन् आउँछ। उसले जबर्जस्ति प्रति सेयर आम्दानी १७ रुपैयाँ ४० पैसा बढी देखाएको छ।

त्यस्तै बोटलर्स नेपाल (तराई) लिमिटेडले प्रस्तुत गरेको तेस्रो त्रैमासको प्रगति विवरणमा प्रति सेयर आम्दानी ५८९ रुपैयाँ १७ पैसा उल्लेख छ। तर उसको वित्तीय विवरणलाई अध्ययन गर्ने हो भने प्रति सेयर आम्दानी (बार्षिक) १९६ रुपैयाँ ३९ पैसा हुन् आउंछ। उसले जबरजस्ती प्रति सेयर आम्दानी ३९२ रुपैयाँ ७८ पैसा बढी देखाएको छ। 

बोटलर्स नेपाल लगायतका कम्पनीहरुले यसरी लगानीकर्तालाई 'बेवकुफ' बनाउँदा नियमन निकाय भने मौन नै रहेको छ। पुंजीबजारको परिसूचक केहि माथि उक्लिंदा प्रेस बिज्ञप्ति सार्वजनिक गर्न हतार गर्ने नियमन निकायको यस प्रकारको बदमासीमा पनि ध्यान जान जरुरि छ। अन्यथा प्रगति विवरणको अर्थ के नै भयो र ?     

हेर्नुहोस बिजपाटीले तयार गरेको बोटलर्स नेपालको तेस्रो त्रैमासको रिपोर्ट:



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved