हाम्रो विकास बैंकको २०० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन,

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 11, 2017 | 08:53:53 AM मा प्रकाशित

laxmi  sunrise bank

हाम्रो बिकास बैंकले २०० प्रतिशत हकप्रद बिक्रि गरिरहेको छ। बैंकले जेठ ७ देखि असार ११ गतेसम्मका लागि प्रति कित्ता १ सय रुपैयाँका दरले १ बराबर २ कित्ता अर्थात २०० प्रतिशत हकप्रद बिक्रि खुला गरेको हो।

२०० प्रतिशत हकप्रदका लागि बैशाख ११ का लागि बुक क्लोज गर्ने निर्णय गरेकाले बैशाख १० सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउने छन। बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल क्यापिटल रहेको छ। 

बैशाख १० सम्म कायम सेयरधनीहरुले बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटल, लाजिम्पाट काठमान्डु, हाम्रो विकास बैंकको केन्द्रीय कार्यालय तथा सम्पूर्ण शाखा कार्यालय र नेपाल इन्भेष्टमेन्ट बैंकका केहि शाखा कार्यालय मार्फत हकप्रद फारम प्राप्त गरि भरेर बुझाउन सक्नेछन। बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले ३० करोड ५८ लाख रुपैयाँ बराबरको ३० लाख ५८ हजार ३ सय ३८ दशमलब ७५ कित्ता हकप्रद बिक्रि खुला गरेको हो।   


२०० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ४५ करोड ८८ लाख पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी १५ करोड २९ लाख रुपैयाँ रहेको छ। बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ३ करोड १० लाख खुद मुनाफा आर्जन गरेको छ। 

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले २०७४ असार मसान्तभित्र चुक्ता पुंजी ५० करोड पुर्याउनु पर्ने छ। २०० प्रतिशत हकप्रद वितरण पश्चात तोकिएको चुक्ता पुंजी पुर्याउन बैंकले यस आर्थिक बर्षको कमाईबाट न्युनतम ९ प्रतिशत बोनस सेयर वितरण गर्नु पर्ने छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved