बोटलर्स नेपालको 'चलाखी'पूर्ण काम नियमसंगत नै भएको धितोपत्र बोर्डको भनाई, यसरी मान्यो बोर्ड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 22, 2017 | 01:56:23 PM मा प्रकाशित

laxmi  sunrise bank

बोटलर्स नेपालले तेस्रो त्रैमासको वित्तीय विवरण सम्बन्धमा नेपाल धितोपत्र बोर्डलाई स्पष्टिकरण दिएको छ। बिजपाटी डटकमले बोटलर्स नेपालले नियमित अभ्यास भन्दा फरक पद्दतिको प्रयोग गरी वित्तीय बिबरण प्रस्तुत गरेको भन्ने समाचार प्रकाशित गरेपश्चात बोर्डले बोटलर्स नेपालसंग स्पष्टिकरण मागेको थियो। 

बोटलर्स नेपालका वित्तीय व्यवस्थापक अशोक मण्डल धितोपत्र बोर्डको कार्यालय पुगेर नै वित्तीय विवरणमा उल्लेख सूचकहरुबारे स्पष्ट पारेको बोर्डले जनाएको छ। बोटलर्स नेपालले प्रत्येक त्रैमासको रिपोर्ट अलग अलग हिसाब गरि त्यसमा आएको प्रति सेयर आम्दानीलाई ४ ले गुणा गरि प्रति सेयर आम्दानी निकालिएको बताएको बोर्डका उपनिर्देशक अम्बिका प्रसाद गिरीले बिजपाटीसंगको कुराकानीमा बताएका छन। 

'तेस्रो त्रैमासको वित्तीय विवरण कुन फर्म्याटमा गर्ने भन्ने स्पष्ट व्यवस्था त छैन तर बोटलर्स नेपालले सार्वजनिक गरेको वित्तीय विवरण अहिलेसम्म कै फरक भएकाले यसबारे यससम्बन्धमा थप अध्ययन तथा छलफल अगाडी बढाउदै छौं' गिरीले भने। चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा बोटलर्स नेपालले खुद मुनाफा ऋणात्मक देखाएको र तेस्रो त्रैमासको धनात्मक देखाएकाले लगानीकर्तालाई झुक्याउने मनासय नभएको बोर्डको बुझाइ रहेको छ।

चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा बोटलर्स नेपाल बालाजुको खुद नोक्सान ६ करोड १ लाख २४ हजार ९ सय ७९ रुपैयाँ र प्रति सेयर आम्दानी ऋणात्मक १२३ रुपैयाँ ४० पैसा थियो। त्यस्तै बोटलर्स नेपाल तराईको खुद नोक्सान १० करोड ७६ लाख ५४ हजार ४४ रुपैयाँ र प्रति सेयर आम्दानी ऋणात्मक ३५५ रुपैयाँ ८८ पैसा देखाएको थियो।  

बैंक तथा वित्तीय संस्थाहरुले नियमन निकाय नेपाल राष्ट्र बैंकको मापदण्ड अनुसार नै वित्तीय विवरण प्रस्तुत गर्ने भएकाले उनीहरुले प्रस्तुत गर्ने रिपोर्टको शैलीमा एक रुपता देखिएको तर उत्पादक (रियल सेक्टर) लगायतका कम्पनीहरुले आ-आफ्नै ढंगबाट विवरण प्रस्तुत गर्ने गरेकाले केहि कठिनाई भएको बताइएको छ। 'वित्तीय विवरण प्रस्तुत गर्ने शैली (फर्म्याट)मा एकरुपता ल्याउने गरि बोर्डले कारबाही अगाडी बढाएको छ' उनल भने।   

लगानीको निर्णय लिनका लागि प्रमुख आधारको रुपमा लिइने वित्तीय विवरणमा नै बोटलर्स नेपालले चलाखीपूर्ण तरिकाले सर्वसाधारणको आँखामा छारो हाल्ने काम गरेको तथ्य बिजपाटीले बाहिर ल्याएको हो। 

वित्तीय बिबरणमा उल्लेख्य सूचकहरु मध्य कै महत्त्वपूर्ण मानिने प्रति सेयर आम्दानीमा नै बोटलर्स नेपालले बदमासी गरेको तथ्य फेला परे पश्चात बोटलर्स नेपालका वित्तीय व्यवस्थापक अशोक मण्डलसंग कुरा गर्दा उनले आफुहरुले तेस्रो त्रैमासको मात्रै छुट्टै हिसाब गरि त्यसमा आएको प्रति सेयर आम्दानीलाई ४ ले गुणा गरि प्रति सेयर आम्दानी निकालिएको बताएका थिए।

'यस्तो नौलो फर्मुला कहाँबाट आयो ?' भन्ने हाम्रो प्रश्नमा यो नयाँ फर्मुला नभई आफुहरुले गर्दै आएको अभ्यास भएको बताए। यसबारे हामीले धितोपत्र बोर्डको कार्यालयमा नै पुगेर त्यहाँका अधिकारीहरुसंग यस बिषयमा छलफल गरेका थियौं। बिजपाटीको टिमसंगको कुराकानीमा बोर्डका सहप्रवक्ता निरन्जन घिमिरेले प्रति सेयर आम्दानीको फर्मुला बोटलर्स नेपालले भने जस्तै नभएकाले आफुहरुले यस बारे थप अध्यन गर्ने बिश्वाश दिलाएका थिए। 

के गरेको थियो बोटलर्स नेपालले ?

बोटलर्स नेपाल लिमिटेड (बालाजु) ले प्रस्तुत गरेको तेस्रो त्रैमासको प्रगति विवरणमा प्रति सेयर आम्दानी २६ रुपैयाँ १० पैसा उल्लेख छ। तर उसको वित्तीय विवरणलाई अध्ययन गर्ने हो भने प्रति सेयर आम्दानी ८ रुपैयाँ ७० पैसा हुन् आउँछ। उसले जबर्जस्ति प्रति सेयर आम्दानी १७ रुपैयाँ ४० पैसा बढी देखाएको छ।

त्यस्तै बोटलर्स नेपाल (तराई) लिमिटेडले प्रस्तुत गरेको तेस्रो त्रैमासको प्रगति विवरणमा प्रति सेयर आम्दानी ५८९ रुपैयाँ १७ पैसा उल्लेख छ। तर उसको वित्तीय विवरणलाई अध्ययन गर्ने हो भने प्रति सेयर आम्दानी (बार्षिक) १९६ रुपैयाँ ३९ पैसा हुन् आउंछ। उसले जबरजस्ती प्रति सेयर आम्दानी ३९२ रुपैयाँ ७८ पैसा बढी देखाएको छ। 

यो पनि:

बिजपाटी समाचार प्रभाब: बोटलर्स नेपालको बदमासीमा धितोपत्र बोर्डको चाँसो,३ दिने स्पष्टिकरण माग

बोटलर्स नेपालको यस्तो बदमासीमा धितोपत्र बोर्ड मौन किन ?


बोटलर्स नेपालको बुक क्लोज तय, प्रतिशेयर २५ रुपैयाँ लाभांश

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved