सानिमा बैंकले अवितरित हकप्रद लिलाम बढाबढ मार्फत बिक्रि गर्ने, यस्तो छ बैंकले जारी गरेको सूचना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 26, 2017 | 09:22:12 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले अवितरित हकप्रद लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। बैंकले असार १५ गते देखि २  लाख ११  हजार४७  कित्ता हकप्रद लिलाम बढाबढमा बिक्रि गर्न लागेको हो।

बैंकले बैशाख १७ गते देखि जेठ २१ गते सम्म बिक्रि खुला गरेको १ अर्ब ५९ करोड रुपैयाँ बराबरको १ करोड ५९ लाख १७ हजार ६ सय १७ कित्ता हकप्रद मध्ये मध्य अवितरित हकप्रद बिक्रि गर्न लागेको हो। 

इच्छुक बोलकबोल दाताले असार १५ देखि असार २२  सम्म बैंकिङ समय ३ बजेसम्म आबेदन दिन सक्ने सेयर निष्काशन तथा बिक्रि प्रबन्धक सीबीआईएल क्यापिटलले जनाएको छ। बोलपत्रको नतिजा बिक्रि प्रबन्धक सीबीआईएल क्यापिटलले को कार्यालयमा असार २३ गते ३ बजे खोलिने छ।   बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन। 

३० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ६ अर्ब ९० करोड पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी ५ अर्ब ३० करोड रुपैयाँ रहेको छ। बैंकले २०७४ असार मसान्तसम्म चुक्ता पुंजी ८ अर्ब पुर्याउन कम्तिमा १६ प्रतिशत बोनस सेयर वितरण गर्नु पर्ने छ।   

सानिमा बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा अपेक्षा गरे अनुरुपको आकर्षक प्रगति विवरण प्रस्तुत गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा ६७ करोड खुद मुनाफा आर्जन गरेको बैंकले ४० प्रतिशतले कमाई बढाएर यस अवधिमा ९४ करोड खुद मुनाफा गरेको छ।  



 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved