लक्ष्मी बैंकले हकप्रदमा अवितरित ३ लाख ९४ हजार कित्ता सेयर लिलामी गर्ने, अक्शनले पनि बोनस पाउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 26, 2017 | 06:13:14 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंकले हकप्रदमा अवितरित सेयर लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ। बैंकले १ बराबर १ अर्थात शतप्रतिशत हकप्रद बिक्रि खुला गर्दा अवितरित सेयर असार १६ देखि २३ सम्मका लागि लिलामीमा राख्ने भएको हो। 

बैंकले बैशाख ३ देखि जेठ ७ सम्म बिक्रि खुला गर्दा नबिकेको साधारणतर्फको ३ लाख ९४ हजार ९ सय ३९ कित्ता सेयर लिलामीमा राखेको हो। बैंकले शतप्रतिशतका दरले ३ अर्ब १५ करोड रुपैयाँ बराबरको ३ करोड १५ लाख ९० हजार ३ सय ३ कित्ता हकप्रद सेयर बिक्रि खुला गरेको थियो। जसमा करिब १ दशमलब २५ प्रतिशत सेयरधनीबाट दाबि परेन।  

इच्छुक बोलकबोल दाताले असार १६ देखि असार २३ सम्म आबेदन दिन सक्ने बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेडले जनाएको छ। बोलपत्रको नतिजा बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटलको कार्यलयमा असार २५ मा खोलिने छ।  

इच्छुक बोलकबोल दाताले बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटलमा असार २३ गते बैंकिङ समय १ बजेसम्म आबेदन पेश गर्नु पर्ने छ।  बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन। 


त्यस्तै इच्छुक बोलकबोल दाताले लक्ष्मी क्यापिटलको नाममा लक्ष्मी बैंकमा रहेको खाता नम्बर ००५३४०१०६५८ मा पैसा संकलन गरि लिलाम बढाबढमा राखिएको हकप्रदमा आबेदन दिन सक्ने छन। साथै लक्ष्मी क्यापिटलको नाममा गुड फर पेमेन्ट मार्फत समेत आबेदन दिन सकिने छ। 

बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ५६ करोड ९१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको असार १३ को साधारणसभाले १८ दशमलब २९ प्रतिशत बोनस सेयर पारित गरेपछि बैंकको चुक्ता पुंजी ७ अर्ब ४७ करोड पुग्ने छ। बैंकको लिलामीमा राखिएको सेयरमा आबेदन दिनेले समेत बोनस सेयर पाउनेछन।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved