महुली सामुदायिक लघुबित्तको साधारणसभा बारे अन्योल, कसरी चुनिएला निर्देशक ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 27, 2017 | 02:44:15 PM मा प्रकाशित

laxmi  sunrise bank

महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २१ गते आफ्नो चौथो साधारण सभा डाकेको छ । कम्पनीले आर्थिक बर्ष ०७२/७३ को साधारण सभा गर्न लागेको हो । साधारण सभा लघुवित्तको मुख्य कार्यालय सप्तरीमा हुने भनिएको छ । साधारणसभामा कम्पनीले २५ प्रतिशत बोनस र कर प्रयोजन सहितको लागि १० प्रतिशत नगद लाभाशको प्रस्ताव लैजाने भएको छ ।   आईपिओ प्राप्त गरेकाहरुले पनि यो बोनस र नगद लाभाश पाउने भनिएको छ ।

तर साधारणसभामा कसरी हुन्छ भन्ने बारे लगानीकर्तामा अन्योल बढेको छ ।  लघुवित्तले  बैशाख ७ देखि बैशाख ११ सम्म १ लाख २० हजार कित्ता आइपीओ जारी गरेको थियो। जसमा  १० हजार ९ सय २० जनाले गोलाप्रथाबाट समान १० कित्ता शेयर पाएका थिए । 

साधारण लगानीकर्ता समुहबाट बोर्डमा जानको लागि न्युनतम १०० कित्ता शेयर अनिवार्य चाहिन्छ । तर कसैसंग १० कित्ता भन्दा शेयर नै छैन । नेप्सेमा कारोबार खुलिनसकेकोले बजारबाट थप शेयर उठाउने बिकल्प पनि छैन । स्रोतका अनुसार कम्पनीको शेयर श्रावणको पहिलो सातामात्र सुचिकृत हुने छ । 

यस्तो अवस्थामा साधारण लगानीकर्ता समुहबाट कोहि पनि बोर्डमा जान सक्ने स्थिति छैन । बोर्डमा साधारण लगानीकर्ता समुहबाट प्रतिनिधित्व गर्ने कोहि पनि नहुने भएपछि साधारण सभा कसरी हुन्छ ? नियम अनुसार बोर्डमा साधारण लगानीकर्ता तर्फबाट २ जना निर्देशक रहनु पर्ने ब्यबस्था छ  । तर यहाँ साधारण लगानीकर्ता तर्फको निर्देशक चयन हुन सक्ने स्थिति देखिदैन । साधारण लगानीकर्ता तर्फको निर्देशकको अनुपस्थितिमा साधारण सभाले अन्य निर्णय पारित गराउन सक्ने छैन । 

आईपिओ निष्काशनपछि हाल कम्पनीको चुक्ता पुंजी ४ करोड  रहेको छ । २५ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुंजी ५ करोड पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved