सिद्दार्थ डेभलपमेन्ट बैंकको ८ लाख ५७ हजार कित्ता हकप्रद आजदेखि लिलाममा, कसरी दिने आवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 28, 2017 | 08:55:34 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ डेभलपमेन्ट बैंकले आज असार १४ गते देखि अवितरित हकप्रद लिलाम बढाबढ मार्फत बिक्रि गर्दै छ। बैंकले १० बराबर ६ अर्थात ६० प्रतिशतका दरले हकप्रद बिक्रि खुला गर्दा आबेदन नपरेका संस्थापक ४ लाख ५ हजार ८ सय ८८ दशमलब ४५ र साधारणतर्फको ४ लाख ५१ हजार ५ सय ४८ दशमलब ५६ कित्ता हकप्रद लिलामीमा राखेको हो। 

इच्छुक बोलकबोल दाताले असार १४ देखि असार २१ सम्म आबेदन दिन सक्ने बैंकको सेयर निष्काशक तथा बिक्रि प्रबन्धक नेपाल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ।  

बैंकले गत बैशाख ७ देखि हकप्रद बिक्रि खुला गर्दा अवितरित हकप्रद लिलामीमा राख्ने भएको हो। करिब ९० प्रतिशतले हकप्रद दाबि गरेका थिए। दाबि नगरिएका बाँकी १० प्रतिशत हकप्रद बैंकले लिलामीमा राखेको हो। 

इच्छुक बोलकबोल दाताले बिक्रि प्रबन्धक नेपाल इन्भेष्टमेन्ट बैंकिङमा असार २१ गते बैंकिङ समय ३ बजेसम्म आबेदन पेश गर्नु पर्ने छ। बोलपत्रको नतिजा बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यलयमा असार २३ मा १ बजे खोलिने छ।   

बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन।

त्यस्तै इच्छुक बोलकबोल दाताले नेपाल इन्भेष्टमेन्ट बैंकिङको नाममा नबिल बैंकमा रहेको खाता नम्बर ३५०६०१७५००००६ मा पैसा संकलन गरि लिलाम बढाबढमा राखिएको हकप्रदमा आबेदन दिन सक्ने छन। साथै नेपाल इन्भेष्टमेन्ट बैंकिङको नाममा गुड फर पेमेन्ट मार्फत समेत आबेदन दिन सकिने छ।

सिद्दार्थ डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मको अवधिमा २८ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। हकप्रद वितरण पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब २७ करोड पुग्ने छ। सिद्दार्थ डेभलपमेन्ट बैंक १ बराबर १ अर्थात १०० प्रतिशत स्वाप अनुपातमा जनता बैंकमा गाभिने अन्तिम तयारीमा रहेको छ। सिद्दार्थलाई प्राप्ति पश्चात जनताको चुक्ता पुंजी ७ अर्ब नाघ्ने छ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved