नेपाल बंगलादेश बैंकको ९ लाख ८८ हजार कित्ता हकप्रद शेयर आजदेखि लिलाममा, कसरी गर्ने आवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 28, 2017 | 09:30:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बंगलादेश बैंकले आज असार १४ गतेदेखि अवितरित हकप्रद लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। बैंकले  ९ लाख ८८ हजार १ सय २० दशमलब ८० कित्ता हकप्रद लिलाम बढाबढमा बिक्रि गर्न लागेको हो।

बैंकले बैशाख ७ देखि जेठ १० सम्म बिक्रि खुला गरेको ३ अर्ब २० करोड ९४ लाख ६ हजार ८ सय रुपैयाँ बराबरको ३ करोड २० लाख ९४ हजार ६८ कित्ता हकप्रद मध्य अवितरित हकप्रद बिक्रि गर्न लागेको हो।लिलाम बढाबढमा बिक्रि गर्न राखिएको हकप्रदमा साधारण तर्फ ९ लाख ६८ हजार ६ सय ९ दशमलब ८० कित्ता र संस्थापक तर्फ १९ हजार ५ सय ११ कित्ता रहेको छ। 

इच्छुक बोलकबोल दाताले असार १४ देखि असार २१ सम्म बैंकिङ समय ३ बजेसम्म आबेदन दिन सक्ने सेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। बोलपत्रको नतिजा बिक्रि प्रबन्धक ग्लोबल आईएमइ क्यापिटलको कार्यालयमा असार २३ गते ३ बजे खोलिने छ।   बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन।

त्यस्तै इच्छुक बोलकबोल दाताले ग्लोबल आइएमई क्यापिटलको नाममा रहेको नेपाल बंगलादेश बैंकको ००१२४६६५१'सी' खाता नम्बरमा पैसा संकलन गरि लिलाम बढाबढमा राखिएको हकप्रदमा आबेदन दिन सक्ने छन। साथै ग्लोबल आइएमई क्यापिटलको नाममा गुड फर पेमेन्ट मार्फत समेत आबेदन दिन सकिने छ। 

८० प्रतिशत बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ७ अर्ब २२ करोड पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी ५ अर्ब ५१ करोड (८० प्रतिशत  हकप्रद सेयरका लागि प्राप्त कल्स इन एडभान्स सहित) रहेको छ। बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ८२ करोड ७६ लाख खुद मुनाफा आर्जन गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved