चौथो त्रैमासमा २८ बाणिज्य बैंकहरु मध्य कसको कमाई कति होला ? (प्रक्षेपण रिपोर्ट)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 13, 2017 | 07:04:23 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक बर्षको चौथो त्रैमासमा बैंकहरुले प्रस्तुत गर्ने प्रगति विवरण लगानीकर्ताको लागि बिशेष हुने गर्दछ। चालु आर्थिक बर्षको चौथो तथा अन्तिम वित्तीय विवरणले यस बर्ष संस्थाले सेयरधनीहरुलाई कस्तो प्रतिफल दिन सक्छ भन्ने आंकलन गरिने हुँदा पनि वित्तीय विवरण खास हुने गर्दछ।

तेस्रो त्रैमासमा अधिकांश बैंकहरुले उल्लेख्य प्रगति गरेको विवरण पेश गरेकाले चौथो त्रैमासमा समेत उक्त प्रगतिले निरन्तरता पाउने अपेक्षा गरिएको छ। 

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन मर्जर, एक्जिविसन तथा हकप्रदको सहारा लिएका बैंकहरुलाई मुनाफा पुंजीसंगसंगै मुनाफा बढाउन समेत दबाब रहेको छ। 

व्यापारिक, औद्योगिक क्षेत्रका आर्थिक गतिबिधिहरु अपेक्षित रुपमा बढ्न नसकेका कारणले सिर्जना भएको प्रतिकुल वातावरणको प्रभाबको असर बाणिज्य बैंकहरुको कारोबारमा समेत परेको छ। अस्थिर राजनीति, भूकम्पको क्षतिबाट माथि उठ्ने क्रममा रहेको अर्थतन्त्र, तरलता अभाब लगायतको प्रतिकुल वातावरणका बीच पनि बैंकहरुले यस आर्थिक बर्षको चौथो त्रैमासमा समेत राम्रै प्रगति विवरण गर्न सक्ने अनुमान गरिएको छ। 

लगानीकर्ताको अपेक्षालाई सम्बोधन गर्नका लागि बिजपाटी डटकमले बाणिज्य बैंकहरुको तेस्रो त्रैमासको प्रगति विवरण तथा कारोबारलाई आधार मानेर यस आर्थिक बर्षको चौथो त्रैमासमा प्रस्तुत गर्न सक्ने सम्भावित प्रगति विवरणलाई प्रस्तुत गर्ने जमर्को गरेको छ।  बिजपाटीलाई असार १५ गतेसम्म प्राप्त सूचना तथा जानकारीको आधारमा चौथो त्रैमासको प्रगति विवरण प्रक्षेपण गरिएको हो। 

बाणिज्य बैंकहरुले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्ज तथा प्राप्ति गरिसकेको र केहि प्रक्रियामा रहेकाले ती संस्थाहरुको मुनाफालाई बैंकको प्रक्षेपण गरिएको मुनाफामा समावेश गरिएको छैन। 

जस्तो:

सिभिल बैंक 

प्रस्तुत वित्तीय विवरणमा सिभिल बैंकको कमाई ४५ करोड हुने प्रक्षेपण गरिएको छ। सिभिल बैंकको चौथो त्रैमासको विवरणमा युनिक फाइनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्सको २ करोड नाफालाई समावेश गरिएको छैन। 

सेन्चुरी बैकं 

सेन्चुरी बैंकसंग गाभिएर असार ३१ गते एकीकृत कारोबार गर्ने तयारीमा रहेको सगरमाथा फाइनान्सको सेन्चुरीको प्रक्षेपण गरिएको वित्तीय विवरणमा समावेश गरिएको छैन। सेंचुरिले प्राप्ति गरेको सगरमाथा फाइनान्स सहित अन्य संस्थाको १८ करोड रुपैयाँ सेन्चुरीको प्रक्षेपण गरिएको वित्तीय विवरणमा समावेश गरिएको छैन। 

ग्लोबल आइएमई बैंक 

ग्लोबल आइएमई बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको छ। यद्दपी रिलायबललाई प्राप्ति गरि आउने १५ करोड मुनाफालाई पनि ग्लोबल आइएमईको विवरणमा समावेश गरिएको छैन। 

जनता बैंक 

त्रिबेणी बिकास बैंकसंग मर्जर गरि एकीकृत कारोबार गरेको जनता बैंकले सिद्दार्थ डेभलपमेन्टलाई प्राप्त गरि असार ३० देखि एकीकृत कारोबार गर्दै छ। यहाँ प्रस्तुत गरेको जनता बैंकको मुनाफामा त्रिबेणी र सिद्दार्थबाट हुन आउने ५० करोड समावेश गरिएको छैन। 

कुमारी बैंक 

काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेड, महाकाली विकास बैंक लिमिटेड, काक्रेविहार विकास बैंक लिमिटेड र पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गरि असार १६ देखि एकीकृत कारोबार गरेको कुमारी बैंकको प्रस्तुत वित्तीय विवरणमा यी संस्थाबाट हुन आउने २० करोड मुनाफा समावेश गरिएको छैन। 

नेपाल क्रेडिट एण्ड कमर्श बैंक 

यहाँ एनसीसी बैंकको मुनाफा ३९ करोड मात्र प्रक्षेपण गरिएको छ। एपेक्सको उठ्न नसकेको खराब कर्जा उठेको अवस्थामा एनसीसीको कमाईमा करिब ३० करोड थप हुने अवस्था छ। त्यसलाई पनि यहाँ समावेश गरिएको छैन। त्यस्तै एनसीसीले प्राप्त गरेको ४ बिकास बैंकबाट हुन आएको मुनाफालाई समेत समावेश गरिएको छैन। 

प्राइम कमर्शियल बैंक 

प्राइम कमर्शियल बैंकमा बैंकले प्राप्त गरेको बिराटलक्ष्मी र कन्ट्री डेभलपमेन्टको करिब १५ करोड मुनाफा समावेश गरिएको छैन।   

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंक प्रस्तुत वित्तीय विवरणमा बैंकले प्राप्त गरेको एस डेभलपमेन्ट बैंकको करिब २० करोड मुनाफा समावेश गारिएको छैन। 

सनराइज बैंक 

सनराइज बैंकले आफुमा गाभेको एनआइडिसीबाट हुन आउने ५ करोड रुपैयाँ सनराइजको प्रक्षेपण गरिएको वित्तीय बिबरणमा समावेश गरिएको छैन।

प्रस्तुत छ बिजपाटीका लागि जनोमद्वारा तयार पारिएको बाणिज्य बैंकहरुको चौथो त्रैमासिकको प्रक्षेपित वित्तीय विवरण:


यो पनि:

तेस्रो त्रैमासमा ४७ बिकास बैंकहरु मध्य कसको कमाई कती होला ? (प्रक्षेपण रिपोर्ट)


२८ बाणिज्य बैंक मध्य कुन बैंकले कसरि पुर्याउंदैछन चुक्ता पुंजी ८ अर्ब ? (रिपोर्ट)

तेस्रो त्रैमासमा २८ बाणिज्य बैंकहरु मध्य कसको कमाई कति होला ? (रिपोर्ट)


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved