नबिल बैंकको कमाई ३ अर्ब ६२ करोड, यसरि पुर्याउंदै छ चुक्ता पुंजी ८ अर्ब

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 03, 2017 | 03:43:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकले उल्लेख्य प्रगती गरेको वित्तीय विवरण प्रस्तुत गरेर सबैको ध्यानाकर्षण गर्न सफल भएको छ। अघिल्लो आर्थिक बर्ष २ अर्ब ८१ करोड खुद मुनाफा गरेको बैंकले आफ्नो शाखलाई अझ मजबुत बनाउदै २८ दशमलब ४३ प्रतिशतले बढाएर ३ अर्ब ६२ करोड मुनाफा गरेको छ। 

६ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुंजी भएको नबिल बैंकको चौथो त्रैमासमा जगेडा कोष रकम ४८ प्रतिशतले बढेर ९ अर्ब ३ करोड पुगेको छ। अघिल्लो आर्थिक बर्षको यस अवधिमा बैंकको जगेडा कोष रकम ६ अर्ब १२ करोड थियो। 

गत आर्थिक बर्षमा बैंकले १ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९१ अर्ब ४९ करोड कर्जा प्रवाह गरेको छ। अघिल्लो आर्थिक बर्षको यस अवधिमा बैंकले १ खर्ब १० करोड निक्षेप संकलन गरी ७७ अर्ब ७३ करोड कर्जा प्रवाह गरेको थियो। 

बैंकले ५ अर्ब ४५ करोड खुद ब्याज आम्दानी गरेको छ भने ५ अर्ब ४६ करोड संचालन मुनाफा गरेको छ। गत आर्थिक बर्षमा बैंकको कर्जा निक्षेप अनुपात ७५ दशमलब ६२ प्रतिशत रहेको छ भने खराब कर्जा अनुपात १ दशमलब १४ प्रतिशतबाट शुन्य दशमलब ७९ प्रतिशतमा झरेको छ।  

यस अवधिमा बैंकको प्रति सेयर आम्दानी ५८ रुपैयाँ ५४ पैसा, प्रति सेयर नेटवर्थ २४६ रुपैयाँ र मुल्य आम्दानीको अनुपात २६ दशमलब ०२ गुणा रहेको छ। 

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन बैंकले १ अर्ब ८२ करोड पुंजी थप गर्नुपर्नेछ। बैंकले गत आर्थिक बर्षको कमाई र जगेडा कोष रकमबाट करिब ३० प्रतिशत बोनस सेयर वितरण गर्दा उस्को चुक्ता पुंजी ८ अर्ब पुग्नेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved