एफपिओ प्रक्रिया स्थगनपछि बैंक अफ काठमाण्डू सामु चुक्ता पुंजी आठ अर्ब पुर्याउन ३ बिकल्प

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 04, 2017 | 10:01:43 AM मा प्रकाशित

laxmi  sunrise bank

समर्पन खड्का 

बैंक अफ काठमाण्डूको प्रिमियममा थप नयाँ संस्थापक सेयर अर्थात एफपीओ निष्काशनको प्रक्रिया स्थगित भएसंगै उसले अपुग पुंजी कसरी थप्ला भन्ने चाँसोको बिषय बनेको छ।

संस्थापक एफपिओ निष्काशन प्रक्रिया स्थगित भएसंगै बैंकले रोज्ने बिकल्पबारे चाँसो हुनु स्वाभाविक नै हो। बैंकले सार्वजनिक गरेको गत आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार उसको चुक्ता पुंजी ५ अर्ब ६२ करोड पुगेको छ भने जगेडा कोष रकम ३ अर्ब ३६ करोड रहेको छ। 

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन बैंकले करिब २ अर्ब ३७ करोड पुंजी थप गर्नुपर्नेछ। यसका लागि नै बैंकले प्रिमियममा थप नयाँ संस्थापक सेयर निष्काशनको अनुमती मागेको हो। उक्त प्रस्ताब स्थगित भएसंगै बैंकसंग अब ३ मुख्य विकल्प रहेका छन। 

पहिलो बिकल्प

बैंकले चुक्ता पुंजी ८ अर्ब पुर्याउन पहिलो विकल्पमा संस्थापक सेयर लिलाम बढाबढ मार्फत बिक्री गर्न सक्नेछ। नेपाल टेलिकमले सर्वसाधरणमा सेयर बिक्री गरे जस्तै गरी लिलाम गर्ने उसको पहिलो बिकल्प हुन सक्नेछ। 

दोस्रो बिकल्प 

बैंकले दोस्रो बिकल्पमा करिब २५ प्रतिशत हकप्रद बिक्री गर्न सक्नेछ। उसले हाल कायम चुक्ता पुंजीबाट करिब २५ प्रतिशत हकप्रद बिक्री गर्दा उसको चुक्ता पुंजी ७ अर्ब नाघ्नेछ र बाँकी अपुग पुंजी बोनस सेयर वितरण मार्फत पुर्याउन सक्नेछ। 

तेस्रो बिकल्प

पहिलो र दोस्रो बिकल्प सफल हुन नसकेको अवस्थामा बैंकले कुनै अर्को संस्थालाई प्राप्ती गर्नुबाहेकको बिकल्प बाँकी रहनेछैन।      

सूचिकृत कम्पनीहरुले थप नयाँ संस्थापक सेयर निष्काशन गर्ने सम्बन्धि व्यवस्था नभएको भन्दै बोर्डले एफपीओ निष्काशनको अनुमती मागेको बैंकको आबेदनलाई सुचिबाटै हटाएको छ। बैंकले प्रति कित्ता १ सय रुपैयाँमा २१० प्रिमियम मूल्य सहित प्रति कित्ता ३१० रुपैयाँमा संस्थापक एफपीओ निष्काशनको माग गरेको थियो।  

बैंकले प्रिमियम सहित प्रति कित्ता ३१० रुपैयाका दरले १ अर्ब ९० करोड ९० लाख ७ सय ७० रुपैयाँ बराबरको ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक एफपीओ निष्काशन गर्ने प्रस्ताब बोर्डमा पेश गरेको थियो।  संस्थापक एफपीओ निष्काशनका लागि बैंकले यस अघि नै नबिल इन्भेस्टमेन्ट बैंकिङलाई बिक्रि प्रबन्धक चयन समेत गरी सकेको थियो। 

बैंकले लुम्बिनी बैंकसंगको मर्जपछि संस्थापक साधारण शेयर अनुपात ५१:४९ बनाउन एफपिओ निष्काशनको तयारी गरेको हो। मर्जपछि संस्थापक शेयर स्वमित्व ४५.६४ प्रतिशत कायम भएको थियो । संस्थापक एफपीओ निष्काशनपछि बैंकको चुक्ता पुंजी ६ अर्ब २४ करोड पुग्ने थियो।

संस्थापक एफपिओ निष्काशन प्रक्रिया स्थगित भएसंगै नयाँ बिकल्पबारे छलफल अगाडी बढेको बैंक स्रोतले जनाएको छ। 'कसरी अगाडी बढ्ने भन्ने बिकल्पबारे छलफल भईरहेको छ, छिट्टै नै संचालक समितिको निर्णय आउनेछ,अहिले नै केहि भन्न हतार हुन्छ' बैंकका एक अधिकारीले बताए।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved