अर्को बर्ष बोनस बाड्न सक्नेगरी प्रभु बैंकको उत्साहजनक प्रगती, ४६० प्रतिशतले जगेडा कोषको वृद्धि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 04, 2017 | 01:02:44 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकले गत आर्थिक बर्ष उल्लेख्य प्रगती गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। बिग्रे भत्केका बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्ति गर्दै अगाडी बढेको प्रभु बैंकले अर्को बर्ष 'लाभांश खुवाउन' सक्ने गरी मजबुत वित्तीय विवरण प्रस्तुत गरेर लगानीकर्तामा आशाको किरण छरेको छ। 

बैंकले गत आर्थिक बर्षको तुलनामा ५३ प्रतिशतले बढाएर १ अर्ब ७५ करोड खुद मुनाफा गरेको छ। अघिल्लो आर्थिक बर्षको यस अवधिमा बैंकले १ अर्ब ११ करोड खुद मुनाफा गरेको थियो। 

गत आर्थिक बर्ष बैंकले ८१ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरि ६१ अर्ब ९७ करोड कर्जा प्रवाह गरेको छ। बैंकले २९ प्रतिशतले कर्जा लगानी बढाउँदा समेत उहीदरले बढेर २ अर्ब ५२ करोड खुद ब्याज आम्दानी गरेको छ। संकटग्रस्त ग्राण्ड बैंकलाई मर्ज गरि खराब कर्जाले थलिएको प्रभु बैंकले त्यो अवस्थालाई पार लगाउदै निष्कृय कर्जा अनुपात ८ दशमलब ३८ प्रतिशतबाट ४ दशमलब २९ प्रतिशतमा झारेको छ। 

यस अवधिमा बैंकको चुक्ता पुंजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष रकम ४६१ प्रतिशतले बढाएर २ अर्ब ६ करोड पुर्याएको छ। अघिल्लो आर्थिक बर्षको यस अवधिमा बैंकको जगेडा कोषमा ३६ करोड ६३ लाख थियो।

यस अवधिमा बैंकको प्रति सेयर आम्दानी २९ रुपैयाँ ७८ पैसा, प्रति सेयर नेटवर्थ १३२ रुपैयाँ ८८ पैसा, कर्जा निक्षेप अनुपात ७१ दशमलब १० प्रतिशत रहेको छ।  

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी पुर्याउन बैंकले ४० प्रतिशत बिक्री गर्ने योजनामा रहेको छ। ४० प्रतिशत हकप्रद बिक्री तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब २२ करोड पुग्नेछ।   

लाभांश क्षमता

अघिल्लो आर्थिक बर्ष बैंकको रिटेन अरनिङ करिब १ अर्ब ७१ करोड नोक्सानीमा छ। उसलाई हकप्रद लिलाम मार्फत ८ करोड ८८ लाख प्रिमियम प्राप्ती भएको छ। बैंकले गत आर्थिक बर्षमा आर्जन गरेको १ अर्ब ७५ करोड खुद मुनाफा समेत समायोजन गर्दा बैंक अझै करिब २२ करोडले नोक्सानीमा रहेको छ। 

कारोबार बिस्तार तथा प्रगतीको यहि लयलाई यथावत राख्दा पनि बैंकले अर्को बर्ष आफ्ना सेयरधनीहरुलाई प्रतिफल दिने सक्ने हैसियत बनाउन सक्नेछ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved