१ अर्ब २३ करोड मुनाफा गरेको र जगेडा कोष मजबुत भएको बैंक अफ काठमाण्डूको लाभांश क्षमता कती ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 11, 2017 | 08:19:53 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रस्तुत गर्ने लहर चलेको छ। यसै क्रममा अधिकांश बाणिज्य बैंक तथा वित्तीय संस्थाले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन। 

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन प्रिमियममा थप नयाँ संस्थापक सेयर अर्थात एफपीओ निष्काशनको प्रक्रिया स्थगित भएसंगै बैंक अफ काठमाण्डूले अपुग पुंजी कसरी थप्ला भन्ने चाँसोको बिषय बनेको छ।

संस्थापक एफपिओ निष्काशन प्रक्रिया स्थगित भएसंगै बैंकले रोज्ने बिकल्पबारे चाँसो हुनु स्वाभाविक नै हो। 'एफपिओ प्रक्रिया स्थगनपछि बैंक अफ काठमाण्डू सामु चुक्ता पुंजी आठ अर्ब पुर्याउन ३ बिकल्प' शिर्षकमा बिजपाटी डटकममा लेख प्रकाशित भएको छ। 

प्राय बैंकहरुले हकप्रद, एक्विजिसनको बिकल्पलाई रोजेको अवस्थामा बिओके भने अब फेरी हकप्रद र बोनस सेयर मार्फतनै चुक्ता पुंजी ८ अर्ब पुर्याउने बाध्यतामा पुगेको छ।

"पुंजीबजारमा बिशेष गरी दोस्रो बजारमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको सेयर खरिद गर्नेले कुन बैंकले कति कमायो र कति लाभांश दिन सक्छ भन्ने चाँसो राख्ने गर्दछन। यसै बिषयलाई सम्बोधन गर्ने प्रयासमा बिजपाटी डटकमले संस्थाहरुको वित्तीय विवरण बाहिर आएपश्चात उनीहरुले दिन सक्ने लाभांश क्षमताको आंकलन गर्ने अभ्यास थालेको छ।"

बैंक अफ काठमाण्डू र लुम्बिनी बैक मिलेर बनेको बिओकेले साउन २७ गते गत आर्थिक बर्ष उल्लेख प्रगती गरेको वित्तीय विवरण प्रस्तुत गरेको छ। यस अवधिमा बैंकको चुक्ता पुंजी ५ अर्व ६२ करोड ९५ लाख ७६ हजार रहेको छ। राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन बैंकले २ अर्ब ३७ करोड पुंजी थप गर्नुपर्नेछ।

बिओकेले गत आर्थिक बर्षको मुनाफा र जगेडा कोष रकमबाट अधिकतम १७ दशमलब ९० प्रतिशत बोनस सेयर वितरण गर्दा समेत अझै १ अर्ब ३६ करोड पुंजी अपुग हुने देखिएको छ। उक्त बाँकी पुंजीका लागि बैंकसंग हकप्रद वा अन्य बिकल्प छ।

गत आर्थिक बर्ष बैंकले १ अर्ब २३ करोड ९० लाख ७५ हजार खुद मुनाफा आर्जन गरेको छ। बैकको खुद मुनाफा बिजपाटी डटकमले प्रक्षेपण गरेभन्दा केहि करोडले बढी हो।  बैंकले गत आर्थिक बर्ष ७२ अर्ब १३ करोड निक्षेप संकलन गरी ६२ अर्ब ४२ करोड कर्जा लगानी गरेको छ। यस अवधिमा बैंकको जगेडा कोष रकम ३ अर्ब ३२ करोड रहेको छ।  

चौथो त्रैमासमा २८ बाणिज्य बैंकहरु मध्य कसको कमाई कति होला ? (प्रक्षेपण रिपोर्ट)

गत आर्थिक बर्षको कमाई, जगेडा कोष रकम, अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ १ करोड ६६ लाख लाई आधार मान्दा गत बर्ष २३ प्रतिशत बोनस सेयर वितरण गरेको बिओकेसंग १७ दशमलब ९० प्रतिशत बोनस दिने क्षमता रहेको छ।       

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको प्रति सेयर आम्दानी २२ रुपैयाँ ०१ पैसा, प्रति सेयर नेटवर्थ १५८ रुपैयाँ ९८ पैसा, मुल्य आम्दानीको अनुपात २० दशमलब ९९ गुणा र खराब कर्जा अनुपात १ दशमलब ४६ प्रतिशत रहेको छ।   

बाणिज्य बैंकहरुमा सिभिल, सेन्चुरी, एभरेष्ट, हिमालयन, जनता , कुमारी,नेपाल बैंक, एनसीसी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टड, राष्ट्रिय बाणिज्य बैंकको वित्तीय विवरण आउँन बाँकी नै रहेको छ। यी बाणिज्य बैंकहरुको लाभांश क्षमता र दिने प्रतिफलबारे जानकारी दिनेनै छौं।   


एफपिओ प्रक्रिया स्थगनपछि बैंक अफ काठमाण्डू सामु चुक्ता पुंजी आठ अर्ब पुर्याउन ३ बिकल्प

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved