एनआईसी एसियाले गर्यो लाभांश घोषणा, हेर्नुस कति दिने भयो बोनस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 11, 2017 | 05:37:57 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसियाले गत आर्थिक बर्षको कमाईबाट दिने लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१ प्रतिशत लाभांश घोषणा गरेको हो। 

बैंकको आज अर्थात साउन २७ गते बसेको संचालक समितिको बैठकले गरेको उक्त लाभांश प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ।  २० प्रतिशत बोनस सेयर वितरणपश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब २ करोड नाघ्नेछ। हाल बैंकको चुक्ता पुंजी ६ अर्ब ६९ करोड रहेको छ।

कारोबार , व्यापार तथा शाखा संजाल विस्तारमा तिब्र रुपमा अघि बढेको एनआईसी एसिया गत आर्थिक बर्षको कमाईबाट बोनस सेयर घोषणा गर्ने पहिलो बैंक बनेको छ। केहि बाणिज्य बैंकहरुले गत आर्थिक बर्षको वित्तीय विवरण प्रस्तुत गर्न भ्याई नसक्दा एनआइसी एसियाले भने बोनस सेयर समेत घोषणा गरेर अव्वल बन्ने लक्षण पेश गरेको छ। 

बैंकले गत आर्थिक बर्ष १ अर्ब ४६ करोड ९६ लाख ७२ हजार रुपैंया खुद मुनाफा आर्जन गरेको छ भने जगेडा कोषमा ३ अर्ब ४९ करोड रुपैयाँ रहेको छ। बिजपाटी डटकमले एनआईसी एसियाले २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रक्षेपण गरेको थियो। बिजपाटी डटकमको प्रक्षेपण अनुरुप नै एनआईसी एसिया बैंकले २० प्रतिशत बोनस सेयर घोषणा गरेको हो।  

जगेडा कोष ११७ र मुनाफा ३८ प्रतिशतले बढाएको एनआइसी एसिया बैंकको लाभांश क्षमता कति ?

एनआईसी बैंकको मुनाफा १ अर्ब ४७ करोड, स्थापनाको २० औ बर्षमा यस्ता छन् बैंकका '२० बिशेष योजना'



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved