टुरिजम डेभलपमेन्ट बैंकको कमाईमा उत्साहजनक प्रगती, कहाँ पुग्यो मेगासंगको मर्जर प्रक्रिया ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 16, 2017 | 09:56:11 AM मा प्रकाशित

laxmi  sunrise bank

टुरिजम डेभलपमेन्ट बैंकले गत आर्थिक बर्ष उल्लेख्य प्रगती गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा ६७ प्रतिशतले खुद मुनाफा बढाएको छ। 

टुरिजमले गत आर्थिक बर्ष ३१ करोड ९१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक बर्षको समिक्षा अवधिमा बैंकले १९ करोड ८ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो। 

समिक्षा अवधीमा बैंकले १२ अर्ब २८ करोड निक्षेप संकलन गरी १० अर्ब ८५ करोड कर्जा लगानी गरेको छ। बैंकले अघिल्लो आर्थिक बर्षको समिक्षा अवधिको तुलनामा निक्षेप संकलन ४९ प्रतिशत र कर्जा लगानी ५७ प्रतिशतले बढाएको हो। अघिल्लो आर्थिक बर्षको समिक्षा अवधिमा बैंकले ८ अर्ब २६ करोड निक्षेप संकलन गरी ६ अर्ब ८९ करोड कर्जा लगानी गरेको थियो। 

मेगा बैंकले ६५ प्रतिशत हकप्रद निष्काशनको अनुपति पाएसंग मर्जर प्रक्रिया तिब्र रुपमा अघि बढेको बताइएको छ। बैंक स्रोतका अनुसार अहिले दुवै बैंक (मेगा र टुरिजम) तर्फ डिडीए चलिरहेको छ। असोज महिनामा मेगा बैंकको बिशेष साधारण सभा र टुरिजमको बार्षिक साधारण सभा एकै दिन डाकेर मर्जर प्रक्रियालाई औपचारिक रुप दिने गरी प्रक्रिया अगाडी बढेको छ। 

यस अवधिमा बैंकको चुक्ता पुंजी २ अर्ब २३ करोड रुपैयाँ रहेको छ। बैंकको गत बर्षको प्रस्तावित बोनस सेयर समेत समावेश गरि चुक्ता पुंजी देखाइएको हो। टुरिजम डेभलपमेन्ट बैंक हाल मेगाबैंकसंग मर्जर प्रकियामा रहेको छ।   टुरिजमले हकप्रद तथा बोनस सेयर वितरण पश्चात कायम चुक्ता पुंजीको ९५ प्रतिशत स्वाप अनुपातमा मेगासंग मर्जरमा जान लागेको हो।

प्रति सेयर आम्दानि १७ रुपैयाँ ४३ पैसा, प्रति सेयर नेटवर्थ १३८ रुपैयाँ ४८ पैसा,मुल्य आम्दानीको अनुपात २४ दशमलब ५० गुणा र खराब कर्जा अनुपात शुन्य दशमलब ७८ प्रतिशत रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved