यी हुन् नेप्सेको सिइओका लागि आबेदन दिने १३ जना, यस्तो छ अबको प्रक्रिया

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 16, 2017 | 11:54:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेञ्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल सकिएको ४० दिन बिती सक्दा पनि उक्त पदमा नयाँ नियुक्ति हुन् सकेको छैन । अर्थ मन्त्रालयले  खुला प्रतिस्पर्धाबाटै कार्यकारी नियुक्त गर्ने निर्णय गरेकोपछि नयाँ नियुक्ति झन् लम्बिएको हो ।

अर्थ मन्त्रालयद्वारा नेप्सेको सीईओको नियुक्ति लागि गठित छनौट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि व्यवसायिक कार्ययोजनासहितको दरखास्त माग गरेको थियो। जस अनुसार नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि १३ जनाले आवेदन दिएका छन। 

आवेदन दिनेमा हालै सिईओको कार्यकाल सकिएपछि अवकासमा रहेका सिताराम थपलिया, ज्योति विकास बैंकका डिपुटी प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, नागरिक लगानी कोषका व्यवस्थापक प्रमुख सुशिल अर्याल लगायतका रहेका छन्।

त्यस्तै चन्द्रसिंह सावत, प्रमोदराज शर्मा, भोला पाण्डे, प्रविण पन्डक, सरोज टण्डन, तारानाथ भट्टराई, श्रीप्रसाद पौडेल, नरेन्द्रकुमार अग्रवाल, हेमन्त बस्याल र निरन्जन फूयालले पनि आवेदन दिएको छनौट समितिले जनाएको छ।

अब उनीहरु मध्येवाट समितिले ३ जनाको नाम छनोट गर्ने र मन्त्रीपरिषदमा पठाउने छ । मन्त्रीपरिषद्ले तीनजना मध्येवाट एकलाई सिइओ नियुक्ती गर्ने छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved