नबिल व्यालेन्सड् फण्ड–१ ले गर्यो ४२ प्रतिशत नगद लाभांश घोषणा, लाभांशका लागि बुक क्लोज तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 16, 2017 | 08:18:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित नबिल व्यालेन्सड् फण्ड १ ले नगद लाभांश घोषणा गरेको छ। योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड (नबिल इन्भेष्ट) तथा कोष सुपरिवेक्षकको बैठकले योजनाको इकाईधनी दर्ता पुस्तिका बन्द हुँदाको मितिमा कायम इकाई धनीहरुलाई ४२ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो।

नगद लाभांश वितरण प्रयोजनको लागी साउन ११ गतेका लागी इकाईधनी दर्ता पुस्तिका बन्द गरिने जानकारी दिइएको छ। ४२ प्रतिशतको नगद लाभांश वितरण सहित योजनाले आफ्नो स्थापनाको पाँचौ बर्षमा जम्मा १०० प्रतिशत नगद लाभांश आफ्ना इकाईधनीहरुमा वितरण गर्नेछ ।       

उक्त प्रस्ताब सम्बन्धित पक्षबाट पारित भएपश्चात इकाईधनीहरुमा लाभांश वितरण हुनेछ। नबिल बैंक लि. कोष प्रवर्धक रहेको नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल व्यालेन्सड् फण्ड–१ को योजना व्यवस्थापक तथा डिपोजिटरीको रुपमा नबिल इन्भेष्ट रहेको छ ।  

बन्द मुखी योजनाको रुपमा सञ्चालित यस योजनाको आकार ७५ करोड रुपैया रहेको छ भने योजनाका इकाईहरु चैत्र ३०, २०६९ मा बाँडफाँड भएको हो । २०७४ साल श्रावण २७ गतेमा यस योजनाको प्रति ईकाई खुद सम्पत्ति मुल्य रु.२४.७२ रहेको छ । 

नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड (नबिल इन्भेष्ट) सम्बन्धी 

नबिल बैंक लिमिटेडको रणनीतिक योजना अनुरुप “पहिलो रोजाइको सम्पूर्ण वित्तीय सेवा प्रदायक” लक्ष्य प्राप्तिका लागि बैंकले इन्भेष्टमेन्ट बैंकिंगसंग सम्बन्धि सेवाहरु लगानीकर्ताहरुलाई प्रदान गर्ने हेतुले नियामक निकायको निर्देशन अनुरुप यस सहायक कम्पनीको स्थापना गरेको हो । 

नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको रुपमा अनुमतिप्राप्त यस नबिल इन्भेष्टले मर्चेन्ट बैकिंग तथा इन्भेष्टमेन्ट बैंकिंग सम्बन्धी कार्यहरु गर्दै आएको छ । सो अन्तर्गत निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, अन्डरराईटिंग, शेयर रजिष्ट्रार, नबिल म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरीका साथै निक्षेप सदस्यको रुपमा समेत कार्य गर्दै  आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved