पुंजीबजारमा कालोधन रोक्न 'तात्तियो' धितोपत्र बोर्ड, नियम पालनामा संवेदनशील हुन निर्देशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 18, 2017 | 06:03:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले नियम पालना अधिकृतहरुलाई सेयर बजारमा कुनै पनि अवैधानिक रकम छिर्न नदिन सचेत गराएको छ। बोर्डले अन्तर्राष्ट्रिय मूल्य मान्यताका विषयमा जानकारी प्रदान गर्ने उद्देश्यले धितोेपत्र दलाल व्यवसायीको ७५ जना नियम पालना अधिकृतलाई सेयर बजारमा कालोधन छिर्न नदिन र पारदर्शिता कायम गर्न प्रशिक्षण दिएको हो। 

स्थलगत तथा गैर–स्थलगत सुपरिवेक्षणबाट प्राप्त प्रतिवेदन अनुसार धितोपत्र दलाल व्यवसायीको हालको अनुपालनाको स्थितिमा सुधार गर्नुपर्ने देखिएकोले अनुपालना अधिकृतहरुलाई सहभागी गराई धितोपत्र दलाल व्यवसायीको अनुपालनासम्बन्धी कानुनी व्यवस्था तथा नियम पालनाको स्थिति विषयमा छलफल कार्यक्रमको आयोजना गरिएको बोर्डले जनाएको छ।  

सम्पत्ति शुद्धिकरण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०६९ ले गरेको व्यवस्था बमोजिम बोर्डले गत मङ्सिर २० मा दलाल व्यवसायीहरुलाई नियम पालना अधिकृत नियुक्त गर्न निर्देशन दिएको थियो ।

बोर्डका उप निर्देशक तेज प्रसाद देवकोटाले नियम पालना अधिकृतको दायित्व, धितोपत्र दलाल व्यवसायीको हालको नियम पालनाको स्थिति, कानुनी व्यवस्था र यससम्बन्धी समस्या तथा चुनौतीहरुको विषयमा प्रशिक्षण दिएका थिए।

  बोर्ड अध्यक्ष डा.रेवत बहादुर कार्कीले पुंजीबजारको बिकास र बिस्तारसंगै यस क्षेत्रमा समस्या तथा चुनौती थपिएकाले नियम पालना अधिकृतहरुलाई संस्थागत सुशासन तथा नियम पालनामा संवेदनशील हुन निर्देशन दिएका छन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved