४ बिकास बैंकलाई गाभेको एनसीसी बैंक अर्ब क्लबमा प्रवेश, इपिएस २८ हुँदा लाभांश क्षमता कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 19, 2017 | 05:29:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रस्तुत गर्ने क्रममा रहेका छन।  यसै क्रममा आज भदौ ३ गते नेपाल क्रेडिट एण्ड कर्मश बैंक, एनसिसी बैकले उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

चार बिकास बैंकलाई गाभेको एनसीसी बैंकले गत आर्थिक बर्ष १ अर्ब ३२ करोड ५८ लाख खुद मुनाफा गर्दै 'अर्ब कलब' मा प्रवेश गरेको छ। बैंकले अघिल्लो आर्थिक बर्षको यस अवधिमा ७० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।  

पुंजीबजारमा बिशेष गरी दोस्रो बजारमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको सेयर खरिद गर्नेले कुन बैंकले कति कमायो र कति लाभांश दिन सक्छ भन्ने चाँसो राख्ने गर्दछन। यसै बिषयलाई सम्बोधन गर्ने प्रयासमा बिजपाटी डटकमले संस्थाहरुको वित्तीय विवरण बाहिर आएपश्चात उनीहरुले दिन सक्ने लाभांश क्षमताको आंकलन गर्ने अभ्यास थालेको छ।

यस अवधिमा बैंकको चुक्ता पुंजी ४ अर्ब ६७ करोड ९० लाख रुपैयाँ रहेको छ। बैंकको जगेडा कोषमा २ अर्ब ५६ करोड रहेको छ। गाभिएका चार मध्ये एक बिकास बैंकका कारण बैंकको खराब कर्जा अनुपात यस अवधिमा शुन्य दशमलब ९१ प्रतिशतबाट बढेर ४ दशमलब ८० प्रतिशत पुगेको छ।  

बैकले सुप्रिम बैंक लगायत ४ बिकास बैंकलाई प्राप्त गर्दा स्वापबाट ९७ करोड ३१ लाख आम्दानी भएको छ। त्यस्तै बैंकसंग अघिल्लो आर्थिक बर्षको रिटेन अरनिङ १९ लाख ९० हजार रहेको छ।

गत आर्थिक बर्षको कमाई, जगेडा कोष रकम, अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ, स्वापबाट प्राप्त आम्दानीको आधारमा एनसीसी बैंकसंग ३३  दशमलब ०६ प्रतिशत लाभांश क्षमता रहेको छ।  बैंकले ५० प्रतिशत हकप्रद बिक्री गर्ने एजेन्डा राखेर साधारणसभा आब्हान गरेको छ। साधारण सभा प्रयोजनका लागि बुक क्लोज समेत भईसकेको छ। बैंकलाई स्वापबाट प्राप्त भएको आम्दानीलाई मात्र आधार मान्दा बैंकले २१ प्रतिशत बोनस सेयर र केहि प्रतिशत नगद लाभांश वितरण गर्ने प्रक्षेपण गरिएको छ।  

५० प्रतिशत हकप्रद बिक्रि तथा वितरण र बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुंजी सहजै ८ अर्ब पुग्नेछ।यस अवधिमा बैंकको प्रति सेयर आम्दानी २८ रुपैयाँ ३४ पैसा, प्रति सेयर नेटवर्थ १५४ रुपैयाँ ७१ पैसा, मूल्य आम्दानी अनुपात १३ दशमलव ५१ गुणा छ ।


EXCLUSIVE REPORT: २८ बाणिज्य बैंक मध्ये कुन बैंकको लाभांश क्षमता कति ?


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved