सिभिल बैंकको कमाई २ प्रतिशतले बढ्दा रिजर्भ ह्वात्तै बढ्यो,इपिएस ७ रुपैयाँ हुँदा लाभांश क्षमता कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 20, 2017 | 07:18:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रस्तुत गर्ने क्रममा रहेका छन।  यसै क्रममा भदौ ३ गते सिभिल बैंकले सामान्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन हामा मर्चेन्ट , युनिक फाइनान्स लगायतका संस्था गाभेको सिभिल बैंकले गत आर्थिक बर्ष ३३ करोड ८१ लाख १४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको यो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलना २ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक बर्षको यस अवधिमा बैंकले ३३ करोड १४ लाख मुनाफा गरेको थियो।  

पुंजीबजारमा बिशेष गरी दोस्रो बजारमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको सेयर खरिद गर्नेले कुन बैंकले कति कमायो र कति लाभांश दिन सक्छ भन्ने चाँसो राख्ने गर्दछन। यसै बिषयलाई सम्बोधन गर्ने प्रयासमा बिजपाटी डटकमले संस्थाहरुको वित्तीय विवरण बाहिर आएपश्चात उनीहरुले दिन सक्ने लाभांश क्षमताको आंकलन गर्ने अभ्यास थालेको छ।

यस अवधिमा बैंकको चुक्ता पुंजी ५ अर्ब १८ करोड ५२ लाख रहेको छ। बैंकको जगेडा कोष रकम समेत १८० प्रतिशतले बढेर १ अर्ब ४९ करोड ३५ लाख पुगेको छ। त्यस्तै सिभिल बैंकलाई हामा मर्चेन्ट , युनिक फाइनान्स लगायतका संस्था प्राप्ती गर्दा ५६ करोड २६ लाख स्वापबाट आम्दानी भएको छ। साथै बैंकसंग अघिल्लो आर्थिक बर्षको रिटेन अरनिङ २ करोड ८३ लाख ९२ हजार रहेको छ। 

गत आर्थिक बर्षको कमाई, जगेडा कोष रकम, अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ, स्वापबाट प्राप्त आम्दानीको आधारमा सिभिल बैंकसंग १६ दशमलब ६० प्रतिशत लाभांश क्षमता रहेको छ। बैंकको गत आर्थिक बर्षको वित्तीय विवरणलाई आधार मान्दा बैंकले १४ दशमलब ५० प्रतिशत बोनस सेयर वितरण गर्ने बिजपाटी डटकमले प्रक्षेपण गरेको छ। 

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन बैंकले ४० प्रतिशत हकप्रद बिक्रीको अनुमती माग्दै धितोपत्र बोर्डमा आबेदन दिएको छ। ४० प्रतिशत हकप्रद बिक्रि तथा बितरण पश्चात बैंकको चुक्ता पुंजी ७ अर्ब २५ करोड पुग्नेछ। त्यसपश्चात बैंकले १० दशमलब ३४ प्रतिशतले पुंजी वृद्धि गर्दा समेत उसको चुक्ता पुंजी ८ अर्ब पुग्नेछ। 

यस अवधिमा बैंकको प्रति सेयर आम्दानी ६ रुपैयाँ ५२ पैसा, प्रति सेयर नेटवर्थ १२८ रुपैयाँ ८० पैसा, मुल्य आम्दानीको अनुपात ३७ दशमलब ७३ गुणा र खराब कर्जा अनुपात ४ दशमलब ०५ प्रतिशत रहेको छ।  

EXCLUSIVE REPORT: २८ बाणिज्य बैंक मध्ये कुन बैंकको लाभांश क्षमता कति ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved