EXCLUSIVE: डिबेन्चर प्रोभिजन पश्चात २८ बाणिज्य बैंक मध्ये कुन बैंकको लाभांश क्षमता कति ?

म नो ज /बिजपाटी

म नो ज /बिजपाटी

Aug 23, 2017 | 01:52:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज, नेप्सेमा सुचिकृत २८ बाणिज्य बैंकहरुले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन। अधिकांश बैंकहरुले गत आर्थिक बर्ष उल्लेख्य प्रगती गरेको वित्तीय विवरण प्रस्तुत गरेका छन भने केहि बाणिज्य बैंकहरुको प्रगती सुस्त देखिएको छ। 

लगानीकर्ताले संस्थाहरुको वित्तीय विवरणलाई आधार मानेर लगानीको निर्णय गर्ने भएकाले नेप्सेमा सुचिकृत कम्पनीहरुको वित्तीय विवरणले बिशेष महत्त्व राख्दछ। कम्पनीहरुले प्रस्तुत गर्ने चौथो त्रैमासको वित्तीय बिबरणको आधारमा उनीहरुको वित्तीय सबलता थाहा हुने भएकाले पनि यसको महत्त्व हुने गर्दछ। 

यही क्रमलाई निरन्तरता दिने सन्दर्भमा हामीले यस अघि '२८ बाणिज्य बैंक मध्ये कुन बैंकको लाभांश क्षमता कति ?' शिर्षकमा विवरण प्रकाशित गरेका थियौं। उक्त रिपोर्टमा बैंकहरुको लाभांश क्षमतालाई प्रत्यक्ष असर गर्ने डिबेन्चर प्रोभिजन बापतको रकम समावेश गरिएको थिएन। 

बैंक तथा वित्तीय संस्थाको लाभांशलाई प्रभावित पार्ने कारक तत्त्वको रुपमा डिबेन्चर बापत छुट्याउनु पर्ने प्रोभिजनलाई पनि लिइन्छ। डिबेन्चरलाई  बैंक तथा वित्तीय संस्थाले चुक्ता पुंजी वृद्धि नगरी सर्वसाधारणबाट लगानी जुटाउने महत्त्वपूर्ण औजारको रुपमा लिइन्छ। बैंक तथा वित्तीय संस्थाले निश्चित समयअवधिका लागि निश्चित रकम बराबरको जारी गरेको डिबेन्चर बापतको रकम उनीहरुले प्रोभिजनमा राख्नु पर्ने हुन्छ। जसकारण संस्थाको लाभांश दिने सक्ने क्षमतामा कमि आउँछ। 

जस्तो कुनै 'ए' भन्ने बाणिज्य बैंकले ५ बर्षका लागि ५ करोड रुपैयाँ बराबरको डिबेन्चर जारी गर्छ भने उक्त 'ए' भन्ने बैंकले हरेक बर्ष १ करोड डिबेन्चर बापत प्रोभिजनमा राख्नु पर्ने हुन्छ। तोकिएको निश्चित अवधिको समाप्तिपछी डिबेन्चर प्रोभिजनका लागि छुट्याइएको रकम बैंक तथा वित्तीय संस्थाले मुनाफामा गणना हुन्छ र उक्त मुनाफाबाट ति संस्थाले बोनस सेयर दिन सक्छन।  

१० वटा बाणिज्य बैंकले डिबेन्चर बापत प्रोभिजनमा रकम छुट्याएका छन। जस कारण उनीहरुको लाभांश क्षमतामा असर परेको छ। त्यस्तै हिमालयन बैकमा २१ करोड ४० लाख डिबेन्चर बापत प्रोभिजनबाट फिर्ता भएको छ। यसरी फिर्ता भएको रकम हिमालयन बैंकले आफ्नो मुनाफामा गणना गरी सेयरधनीहरुलाई बोनस सेयर दिन सक्छ। 

केहि बाणिज्य बैंकहरुले यस अघि जारी गरेको डिबेन्चर बापतको रकम प्रोभिजनमा राख्दा उनीहरुको लाभांश क्षमतामा कमि आएको छ। यहाँ डिबेन्चर बापतको रकम प्रोभिजनमा राख्दा उनीहरुले दिन सक्ने लाभांश कति हुन्छ भन्ने बारे चर्चा गरिएको छ। प्रस्तुत छ बिजपाटी डटकमका लागि जनोमले तयार गरेको डिबेन्चर बापतको रकम प्रोभिजनमा राख्दा २८ बाणिज्य बैंकको लाभांश क्षमता र दिन सक्ने लाभांशको प्रक्षेपण रिपोर्ट :

यस अवधिसम्म एनआइसी एसिया र सिटिजन बैंकले गत आर्थिक बर्षको कमाईबाट बोनस सेयर घोषणा गरिसकेका छन। उनिहरुले घोषणा गरेको बोनस सेयर बिजपाटी डटकमको प्रक्षेपणसंग ठ्याक्कै मिलेको छ। 


कृषि बिकास बैंक 

गत आर्थिक बर्ष कृषि बिकास बैंकले २ अर्ब ७७ करोड खुद मुनाफा आर्जन गरेको छ। यस अवधिमा बैंकको प्रति सेयर आम्दानी ३९ रुपैयाँ १८ पैसा रहेको छ। बैंकसंग ४१ दशमलब २० प्रतिशत लाभांश क्षमता रहेको छ। यद्दपी बैंकले १५ प्रतिशत बोनस सेयर र १६ दशमलब ५० प्रतिशत नगद लाभांश वितरण गर्ने अपेक्षा गरिएको छ।

बैंक अफ काठमांडू 

लुम्बिनी र बैंक अफ काठमान्डू मिलेर बनेको बैंक अफ काठमांडूले गत आर्थिक बर्ष  १ अर्ब २३ करोड ९० लाख ७५ हजार खुद मुनाफा आर्जन गरेको छ। बिओकेले डिबेन्चर बापत प्रोभिजनमा १६ करोड ७० लाख छुट्याएको छ। जसकारण बिओकेले ८४ करोड १० लाख रुपैयाँको मात्रै लाभांश वितरण गर्न सक्ने अवस्थामा छ।  

यस अवधिमा बैंकको प्रति सेयर आम्दानी २२ रुपैयाँ ०१ पैसा रहेको छ। बैंकले राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी पुर्याउन २ अर्ब ३७ करोड पुंजी थप गर्नुपर्नेछ। बैंकसंग डिबेन्चर बापत प्रोभिजनमा रकम राख्दा १३ प्रतिशतको लाभांश क्षमता रहेको छ। बिओकेले १३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रक्षेपण गरिएको छ। बैंक अफ काठमान्डूसंग चुक्ता पुंजी ८ अर्ब पुर्याउन अब हकप्रद वा १६ प्रतिशत अपुग चुक्ता पुंजीबराबरको संस्था प्राप्ति वा मर्जर गर्ने बिकल्प छ। 

सिभिल बैंक 

सिभिल बैंकले गत आर्थिक बर्ष ३३ करोड ८१ लाख १४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको यो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलना २ प्रतिशतले बढी हो। सिभिल बैंकलाई हामा मर्चेन्ट , युनिक फाइनान्स लगायतका संस्था प्राप्ती गर्दा ५६ करोड २६ लाख स्वापबाट आम्दानी भएको छ। साथै बैंकसंग अघिल्लो आर्थिक बर्षको रिटेन अरनिङ २ करोड ८३ लाख ९२ हजार रहेको छ।  

राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन बैंकले ४० प्रतिशत हकप्रद बिक्रीको अनुमती माग्दै धितोपत्र बोर्डमा आबेदन दिएको छ। गत आर्थिक बर्षको कमाई, जगेडा कोष रकम, अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ, स्वापबाट प्राप्त आम्दानीको आधारमा सिभिल बैंकसंग १७   प्रतिशत लाभांश क्षमता छ। बैंकको गत आर्थिक बर्षको वित्तीय विवरणलाई आधार मान्दा १५ प्रतिशत बोनस सेयर वितरण गर्ने बिजपाटी डटकमले प्रक्षेपण गरेको छ। 

सेन्चुरी बैंक 

सेन्चुरी बैंकले गत आर्थिक बर्ष ४४ करोड ७४ लाख ९९ हजार रुपैंया खुद नाफा कमाएको छ । बैंकले तीन वटा वित्तीय संस्था (अरनिको, इन्नोभेटिब डेभलपमेन्ट बैंक र सगरमाथा फाइनान्स) बाट गत आर्थिक बर्षको असार मसान्तसम्मको खुद मुनाफा १६ करोड ७८ लाख जगेडा कोषमा राखेको छ। यस आधारमा प्राप्ती अघि बैंकको खुद मुनाफा ६१ करोड ५३ लाख हुन आउँछ। 

सेन्चुरी बैंकसंग अघिल्लो आर्थिक बर्षको रिटेन अरनिङ ७ लाह ७५ हजार रहेको छ भने विभिन्न संस्थाहरु प्राप्ती गर्दा स्वापबाट १५ करोड ५५ लाख आम्दानी गरेको छ। त्यस्तै अवितरित हकप्रद लिलामी मार्फत बिक्री गर्दा करिब ५ करोड ७२ लाख प्रिमियम संकलन भएको छ। यस अवधिमा बैंकको जगेडा कोषमा १ अर्ब १८ करोड छ।  

गत आर्थिक बर्षको कमाई, जगेडा कोष रकम, अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ, प्रिमियम संकलनको रकमको आधारमा सेन्चुरी बैंकले ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रक्षेपण गरिएको छ। बैंकसंग ९ प्रतिशत बोनस सेयर दिने क्षमता छ।  

ग्लोबल आइएई बैंक 

ग्लोबल आइएमई बैकले गत आर्थिक बर्ष २ अर्ब ३ करोड खुद मुनाफा आर्जन गरेको छ। यस अवधिमा बैंकको प्रति सेयर आम्दानी २५ रुपैयाँ २२ पैसा रहेको छ भने चुक्ता पुंजी ८ अर्ब ८ करोड रहेको छ। ग्लोबल आइएमई बैंक पुंजी वृद्धि तथा कारोबार बिस्तार गरी अग्रणी बाणिज्य बैंक बन्ने लक्ष्य सहित अघि बढेको हुनाले यस बैकसंग गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई २४ प्रतिशत बोनस सेयर दिन सक्ने क्षमता रहेको छ। बिजपाटी डटकमले बैंकले २० प्रतिशत बोनस सेयर दिने प्रक्षेपण गरेको छ। ग्लोबल आइएमई बैंकले डिबेन्चर बापत प्रोभिजनमा ५ करोड ७० लाख राखेको छ। 

कुमारी बैंक 

कुमारी बैंकले गत आर्थिक बर्ष ७० करोड खुद मुनाफा आर्जन गरेको छ। कुमारी बैंकको कमाई बिजपाटी डटकमले प्रक्षेपण गरेभन्दा केहि करोडले बढी हो। 

यस अवधिमा कुमारीको चुक्ता पुंजी ५ अर्ब ९६ करोड रहेको छ भने जगेडा कोषमा २ अर्ब ११ करोड रहेको छ। कुमारीसंग अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ १६ करोड १७ लाख रहेको छ भने स्वापबाट २३ करोड ५७ लाख आम्दानी भएको छ। त्यस्तै अवितरित हकप्रद लिलाम मार्फत बिक्री गर्दा ८ करोड १३ लाख प्रिमियम संकलन भएको छ।  

चुक्ता पुंजी ८ अर्ब पुर्याउने योजना अन्तर्गत कुमारीको साधारणसभाले २० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताब पारित गरिसकेको छ भने केहि दिनमै निष्काशन अनुमतीका लागि धितोपत्र बोर्डमा आबेदन दिने तयारीमा छ। 

गत आर्थिक बर्षको कमाई, जगेडा कोष रकम, अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ, एफपीओबाट प्रिमियम संकलन, स्वापबाट प्राप्त आम्दानीको आधारमा कुमारीलेसंग १७ प्रतिशत लाभांश दिने क्षमता छ। कुमारीले १५ प्रतिशत बोनस सेयर दिने प्रक्षेपण गरिएको छ।

मेगा बैंक 

मेगा बैंकले गत आर्थिक बर्ष ७९ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। मेगा बैंकको ६५ प्रतिशत हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत भईसकेको अवस्था छ भने टुरिजम डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने तयारीमा रहेको छ। मेगा बैंकले १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश दिने प्रक्षेपण गरिएको छ। यद्दपी टुरिजमलाई प्राप्ती गर्ने प्रक्रिया सफल भएको अवस्थामा बैंकले नगद लाभांश मात्र वितरण गर्न सक्ने अपेक्षा गरिएको छ। यद्दपी बैंकसंग १५ दशमलब ५० प्रतिशत लाभांश क्षमता रहेको छ। 

एनसीसी बैंक 

चार बिकास बैंकलाई गाभेको एनसीसी बैंकले गत आर्थिक बर्ष १ अर्ब ३२ करोड ५८ लाख खुद मुनाफा गर्दै 'अर्ब कलब' मा प्रवेश गरेको छ। बैंकले अघिल्लो आर्थिक बर्षको यस अवधिमा ७० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।   

बैकले सुप्रिम बैंक लगायत ४ बिकास बैंकलाई प्राप्त गर्दा स्वापबाट ९७ करोड ३१ लाख आम्दानी भएको छ। त्यस्तै बैंकसंग अघिल्लो आर्थिक बर्षको रिटेन अरनिङ १९ लाख ९० हजार रहेको छ।

गत आर्थिक बर्षको कमाई, जगेडा कोष रकम, अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ, स्वापबाट प्राप्त आम्दानीको आधारमा एनसीसी बैंकसंग ३४ प्रतिशत लाभांश क्षमता रहेको छ।  बैंकले ५० प्रतिशत हकप्रद बिक्री गर्ने एजेन्डा राखेर साधारणसभा आब्हान गरेको छ। साधारण सभा प्रयोजनका लागि बुक क्लोज समेत भईसकेको छ। बैंकलाई स्वापबाट प्राप्त भएको आम्दानीलाई मात्र आधार मान्दा बैंकले २१ प्रतिशत बोनस सेयर र केहि प्रतिशत नगद लाभांश वितरण गर्ने प्रक्षेपण गरिएको छ।  

एनएमबि बैंक 

एनएमबि बैकले गत आर्थिक बर्ष १ अर्ब ५१ करोड खुद मुनाफा आर्जन गरेको छ। यस अवधिमा एनएमबि बैंकको प्रति सेयर आम्दानी १९ रुपैयाँ ८८ पैसा रहेको छ। बैंकसंग ४४ प्रतिशत लाभांश दिने क्षमता रहेको छ। बैंकले १५ दशमलब बोनस सेयर र १६ दशमलब ५० प्रतिशत नगद लाभांश दिने प्रक्षेपण गरिएको छ। बैंकले प्रिमियममा १ करोड १४ लाख कित्ता एफपीओ बिक्रि गर्दै छ। उक्त एफपीओलाई समेत पुन्जिकृत गरी यो लाभांश प्रक्षेपण गरिएको हो। 

प्रभु बैंक

प्रभु बैंकले गत आर्थिक बर्ष १ अर्ब ७५ करोड खुद मुनाफा गरेको छ। यस अवधिमा बैंकको प्रति सेयर आम्दानी २९ रुपैयाँ ७८ पैसा रहेको छ। प्रभु बैंक ४० प्रतिशत हकप्रद बिक्री गर्ने तयारीमा रहेको छ। उल्लेख्य प्रगती गरेको उत्साहजनक वित्तीय विवरण प्रस्तुत गरेकाले अर्को बर्ष प्रभु बैंकले आकर्षक बोनस सेयर दिन सक्ने अपेक्षा गरिएको छ। तर यस बर्ष बैंकसंग बोनस दिन सक्ने क्षमता छैन।

एभरेष्ट बैक 

एभरेष्ट बैंकले बोनस सेयर वितरण मार्फत नै तोकिएको चुक्ता पुंजी ८ अर्ब पुर्याउन सक्ने देखिएको छ। यससंगै एभरेष्टले गत आर्थिक बर्षको कमाईबाट बोनस सेयर वितरण गरेर नै चुक्ता पुंजी ८ अर्ब पुर्याउने लगानीकर्ताको अपेक्षा पुरा हुने देखिएको छ।  

बिजपाटी डटकमले एभरेष्ट बैंकको सम्बन्धी यस अघि तयार गरेको रिपोर्टमा बैंकको पुंजी समायोजन कोषमा रहेको ८५ करोड रुपैयाँ प्राविधिक कारणले गर्दा समावेस गर्न छुटेकाले उसको लाभांश क्षमता कम मुल्यांकन भएको हो।

बैंकको पुंजी समायोजन कोषमा रहेको रकमलाई समायोजन गर्दा उसको लाभांश क्षमता ४२ प्रतिशत छ। बैंकसंग ४२ प्रतिशत लाभांश क्षमता भएपनि बैंकले ३२ दशमलब ५० प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिने बिजपाटी डटकमले प्रक्षेपण गरेको छ। ३२ दशमलब ५० प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब पुग्नेछ। यस अघि अन्यथा भएकाले पाठकबर्ग प्रति क्षमताप्राथी छौं।  

बैंकले गत आर्थिक बर्ष १ अर्ब ९८ करोड ६९ लाख ८ हजार रुपैयाँ खुद मुनाफा गरेको छ। बैंकको जगेडा कोषमा ५ अर्ब ८८ करोड ३७ लाख ५९ हजार रहेको छ। बैंकसंग अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ २० करोड ६८ लाख ३४ हजार ८७८ रहेको छ। त्यस्तै बैंकको पुंजी कोष समायोजनको ८५ करोड समावेस गर्दा बैंकसंग डिबेन्चर प्रोभिजन ७३ करोड ५० लाख धनात्मक देखिएको छ। उक्त रकम बैंकले बोनस सेयर वितरण गर्न पाउनेछ।

बैंकको चुक्ता पुंजीमा आधारभुत सेयरधनी र संस्थापक सेयरधनीबाट प्राप्त कल इन एड्भान्सलाई समायोजन गर्दा चुक्ता पुंजी ५ अर्ब ७४ करोड १० लाख ९५ हजार पुगेको छ । ३३ प्रतिशत हकप्रद सेयर र बिक्रि नभएको शेयर लिलाममा बिक्रि गरेपछि बैंकको चुक्ता पुंजी ६ अर्ब ३ करोड ७९ लाख १२ हजार ३ सय पुग्ने छ । 

नोट: एभरेष्ट बैंकसम्बन्धि रिपोर्टमा यस अघि अन्यथा भएकाले सच्याइएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved