सुर्य लाइफ इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 24, 2017 | 09:08:51 AM मा प्रकाशित

laxmi  sunrise bank

सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सुरक्षित गर्ने आज भदौ ८ गते अन्तिम दिन रहेको छ । सुर्य लाइफले साधारणसभा प्रयोजनका लागि भदौं ९ देखि भदौ १५ सम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। भदौ ८ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको बोनस सेयर प्राप्त गर्नेछन भने हकप्रदका लागि कम्पनीले अलग्गै बुक क्लोजको मिति सार्वजनिक गर्नु पर्नेछ।

 कम्पनीले बोनस सेयर र बोनस सेयर बितरण पश्चात कायम चुक्ता पुंजीको ४० प्रतिशत हकप्रद वितरण गर्ने मूल एजेन्डा राखेर भदौ २७ का लागि साधारणसभा डाकेको हो।

सुर्य लाइफले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शुन्य दशमलब ०५२६९ प्रतिशत नगद लाभांश प्रस्ताब साधारणसभामा लैजान लागेको हो।

सुर्य लाइफले गत आर्थीक बर्ष ९ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । १० प्रतिशत बोनस र ४० प्रतिशत हकप्रद बिक्री पश्चात कम्पनीको चुक्ता पुंजी १ अर्ब १ करोड पुग्नेछ। हाल सुर्य लाइफको चुक्ता पुंजी ६५ करोड ६२ लाख रुपैयाँ रहेको छ। बिमा समितिको निर्देशन अनुसार सुर्य लाइफले २०७५ असार मसान्तसम्म चुक्ता पुंजी २ अर्ब पुर्याउनु पर्नेछ। यसका लागि कम्पनिले झन्डै दोब्बरले चुक्ता पुंजी वृद्धि गर्नु पर्नेछ।

त्यस्तै अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको बोनस सुरक्षित गर्ने पनि आज भदौ ८ गते अन्तिम दिन रहेको छ । कम्पनीको साउन ३२ गते बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभाश दिने प्रस्ताव गरेको थियो । कम्पनीको आगामी साधारणसभाले उक्त प्रस्ताव पारित गरेपछि बोनस वितरण हुने छ । साधारणसभा भदौ ३० गते डाकेको छ  । साधारणसभा र बोनस प्रयोजनको लागि भदौ ९ गते बुक क्लोज मिति तोकेकाले भदौ ८ सम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र बोनस प्राप्त गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved