नेपाल इन्स्योरेन्सको बार्षिक साधारणसभा भदौ ३० गते, प्रस्ताबमा ५ प्रतिशत बोनस र शतप्रतिशत हकप्रद

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 25, 2017 | 07:33:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्स्योरेन्स कम्पनीले दुई आर्थिक बर्षको बार्षिक साधारणसभा एकैपटक गर्ने भएको छ। नेपाल इन्स्योरेन्सले यहि भदौ ३० गते ६७ औ र ६८ औ बार्षिक साधारणसभा डाकेको जनाइएको छ। 

रसियन साइन्स एण्ड कल्चर सेन्टर,कमलपोखरीमा हुन गईरहेको नेपाल इन्स्योरेन्सको साधारणसभाले ५ प्रतिशत बोनस र शतप्रतिशत हकप्रद प्रस्ताब पारित गर्नेछ। त्यस्तै उक्त साधारणसभाले संचालक समितिमा ३ सदस्य समेत चयन गर्नेछ। 

साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ १६ देखि भदौ ३० सम्मका लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ। यस अर्थमा भदौ १५ सम्म कायम सेयरधनीहरुले बिशेष साधारणसभामा सहभागी हुन र बोनस सेयर प्राप्त गर्न योग्य हुनेछन। साधारणसभाबाट पारित हुने हकप्रदका लागि भने कम्पनीले पछि अलग्गै बुक क्लोजको मिति सार्वजनिक गर्नेछ।  

कम्पनीले यही भदौ ३० गते डाकेको ६७ औ र ६८ औ बार्षिक साधारणसभाले आर्थिक बर्ष (२०७१-७२ र २०७२-७३) को वासलात नाफा, नोक्सान हिसाब र नगद प्रवाह सम्बन्धि अनुसूची उपर छलफल गरि पारित गर्नेछ। 


कम्पनीले सेयर प्रिमियम खातामा रहेको रकम मध्येबाट चुक्ता पुंजीको ५ प्रतिशतले हुन आउने १ करोड ४३ लाख रुपैयाँ बराबर बोनस सेयर तथा कर प्रयोजनका लागि ७ लाख ५६ हजार बराबरको नगद लाभांश दिने प्रस्ताब साधारणसभामा लैजाने भएको छ।  

५ प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुंजी ३० करोड १९ लाख पुग्नेछ।हाल कम्पनीको चुक्ता पुंजी २८ करोड ७६ लाख छ। त्यस्तै शतप्रतिशत हकप्रद बिक्री तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी ६० करोड ४० लाख पुग्नेछ। 

नेपाल इन्स्योरेन्सले गत आर्थिक बर्ष ११ करोड २० लाख खुद मुनाफा आर्जन गरेको छ। नियमन निकाय बिमा समितिको निर्देशन अनुसार नेपाल इन्स्योरेन्सले २०७५ असार मसान्तभित्र चुक्ता पुंजी १ अर्ब पुर्याउनु पर्नेछ। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved