EXCLUSIVE REPORT: १५ निर्जिबन बिमा कम्पनी मध्ये कुन कम्पनीको लाभांश क्षमता कति ?

म नो ज /बिजपाटी

म नो ज /बिजपाटी

Aug 25, 2017 | 08:19:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत कम्पनीहरु मध्ये अधिकांशले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन। सुचिकृत कम्पनीहरु मध्य पछिल्लो समय बिमा र लघुवित्त कम्पनीको सेयर मुल्य उल्लेख्य बढेका छन भने लगानीकर्ताको आकर्षण समेत यी कम्पनीहरुमा बढेको पाइएको छ। 

लगानीकर्ताले सुचिकृत संस्थाहरुको वित्तीय विवरणलाई आधार मानेर लगानीको निर्णय गर्ने भएकाले नेप्सेमा सुचिकृत कम्पनीहरुको वित्तीय विवरणले बिशेष महत्त्व राख्दछ। कम्पनीहरुले प्रस्तुत गर्ने चौथो त्रैमासको वित्तीय बिबरणको आधारमा उनीहरुको वित्तीय सबलता र लाभांश क्षमता थाहा हुने भएकाले पनि यसको झनै महत्त्व हुने गर्दछ। 

यही क्रमलाई निरन्तरता दिने सन्दर्भमा हामीले यहाँ १५ वटा निर्जिबन बिमा कम्पनीहरुको लाभांश क्षमता र उनीहरुले दिन सक्ने लाभांशको प्रक्षेपण गरेका छौं। प्रस्तुत छ बिजपाटीका लागि जनोमले तयार गरेको १५ निर्जिबन बिमा कम्पनीहरुको लाभांश क्षमता र दिन सक्ने लाभांशको प्रक्षेपण रिपोर्ट:


यहाँ प्रस्तुत रिपोर्टमा कम्पनीले बिक्री गर्ने तयारीमा रहेको हकप्रदलाई समावेश गरी उनीहरुको प्रति सेयर आम्दानी देखाइएको छ। त्यस्तै राष्ट्रिय बिमा कम्पनीले बोनस समावेश नगरी वित्तीय विवरण प्रस्तुत गरेपनी हामीले भने त्यसलाई समावेश गरी उसको प्रति सेयर आम्दानी देखाएका छौं। साथै कम्पनीले कुनै सम्पति बिक्रीबाट नाफा गरेको भए सो नाफालाई यस रिपोर्टमा समावेश गरेका छैनौ।  

बिमा कम्पनीहरुको नियमन निकाय बिमा समितिको पछिल्लो निर्देशन अनुसार २०७५ असार मसान्तसम्म जिबन बिमा कम्पनीले चुक्ता पुंजी २ अर्ब र निर्जिबन बिमा कम्पनीहरुले १ अर्ब पुर्याउनु पर्नेछ। 

त्यसका लागि १७ वटा निर्जिबन बिमा व्यवसाय गर्ने बिमा कम्पनीहरुले २०७५ असार मसान्तसम्म चुक्ता पुंजी १ अर्ब कसरी पुर्याउने भन्ने कार्य योजना बिमा समितिमा पेश गरिसकेका छन। 

१७ निर्जिबन बिमा कम्पनी मध्य श्री नेपाल इन्स्योरेन्स, ओरियन्टल इन्स्योरेन्स, नेशलन इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स। सिद्दार्थ इन्स्योरेन्स र राष्ट्रिय बिमा कम्पनीले म्याद थपको माग गरी बिमा समितिमा निबेदन पेश गरेका छन्। त्यस्तै शिखर इन्स्योरेन्सले बोनस सेयर मार्फत तोकिएको समयमा चुक्ता पुंजी १ अर्ब पुर्याउने जनाएको छ। 

यता हिमालयन जनरल इन्स्योरेन्सले आर्थीक बर्ष २०७४-७५ को प्रथम त्रैमासिक भित्र चुक्ता पुंजी १ अर्ब २ करोड ७२ लाख पुर्याउने जानकारी बिमा समितिलाई दिएको छ। त्यस्तै युनाइटेड इन्स्योरेन्स कम्पनीले समितिबाट आर्थिक बर्ष २०७२-७३ को वासलात स्वीकृत भएपछी कार्ययोजना पेश गर्ने बताएको छ।   

निर्जिबन बिमा कम्पनीहरु मध्ये युनाइटेड इन्स्योरेन्सले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक नगरेकाले हामीले त्यस सम्बन्धी कुनै विवरण प्रस्तुत गरेका छैनौँ।   

नेपाल इन्स्योरेन्सको दुई आर्थिक बर्षको बार्षिकसाधारण सभा भदौ ३० मा 

नेपाल इन्स्योरेन्सले दुई आर्थिक बर्षको बार्षिक साधारणसभा एकैपटक गर्ने भएको छ। कम्पनीले यही भदौ ३० गते डाकेको ६७ औ र ६८ औ बार्षिक साधारणसभाले आर्थिक बर्ष (२०७१-७२ र २०७२-७३) को वासलात नाफा, नोक्सान हिसाब र नगद प्रवाह सम्बन्धि अनुसूची उपर छलफल गरि पारित गर्नेछ। 

कम्पनीले सेयर प्रिमियम खातामा रहेको रकम मध्येबाट चुक्ता पुंजीको ५ प्रतिशतले हुन आउने १ करोड ४३ लाख रुपैयाँ बराबर बोनस सेयर तथा कर प्रयोजनका लागि ७ लाख ५६ हजार बराबरको नगद लाभांश दिने प्रस्ताब साधारणसभामा लैजाने भएको छ। घोषित बोनस आर्थीक बर्ष ७१-७२ र ७२-७३ को हो।

५ प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुंजी ३० करोड १९ लाख पुग्नेछ।हाल कम्पनीको चुक्ता पुंजी २८ करोड ७६ लाख छ। त्यस्तै शतप्रतिशत हकप्रद बिक्री तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी ६० करोड ४० लाख पुग्नेछ। 

बिजपाटि डटकमले कम्पनीको गत आर्थिक बर्षसम्मको वित्तीय विवरणको आधारमा २७ प्रतिशत बोनस सेयर दिने क्षमता रहेको र १० प्रतिशत बोनस सेयर दिने प्रक्षेपण गरेको छ। कम्पनीको घाेषित बाेनस  (५ प्रतिशत बोनस र शुन्य दशमलब २६ प्रतिशत कर प्रयोजनका लागि नगद) ७१-७२ र ७२-७३ को हो। 

५ प्रतिशत बोनस पश्चात कायम चुक्ता पुंजीबाट शतप्रतिशत हकप्रद बिक्री गर्ने भएकाले उसको लाभांश क्षमता १० दशमलब ८७ प्रतिशत हुन आउने र नेपाल इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर दिने बिजपाटी डटकमको प्रक्षेपण रहेको छ।  

(नेपाल इन्स्योरेन्सको सम्बन्धमा यस अघि अन्यथा भएकाले सच्याईएको हो। )

प्रस्तुत रिपोर्ट सम्बन्धि तपाईसंग कुनै सुझाब या जानकारी छ भने  [email protected] मा इमेल गर्नु सक्नुहुनेछ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved