नेप्सेमा २ करोड १६ लाख नयाँ सेयर सुचिकृत,यी हुन कारोबार रकमका आधारमा साताका उत्कृष्ट ५ कम्पनी

कारोबार रकममा वृद्धि हुँदा नेप्से सूचकमा सामान्य गिरावट
शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 25, 2017 | 02:26:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जमा साताभर १७५ कम्पनीहरुको कारोबार भएको छ। जसमा १ अर्ब ४८ लाख ३० हजार ८८० कित्ता सेयरहरुको खरिद बिक्रीबाट ३ अर्ब ३१ करोड ४९ लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

कारोबार रकम गत साताको भन्दा ८ दशमलब ४५ प्रतिशतले बढी हो। गत साता १७८ कम्पनीहरुको ८४ लाख ४६ हजार चार सय ६० कित्ता सेयरहरुको खरिद बिक्रीबाट ३ अर्ब ५ करोड ६७ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। 

यस साता बजार परिसूचक नेप्से अघिल्लो साताको तुलनामा सामान्य अंकले घटेको छ। नेप्से शुन्य दशमलब १६ अंकले घटेर कारोबारको अन्तिम दिन बिहिबार १६१७ दशमलब ८१ को बिन्दुमा रोकिएको छ। 

साताका सुचांककहरु 


कारोबार रकमका आधारमा साताका उत्कृष्ठ ५ कम्पनीहरु:


यस साता सूचिकरण तर्फ निम्न कम्पनीको शेयर सूचीकृत भएको छ:


यस साता कारोबार रकमको आधारमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ। प्राइम लाइफको १९ करोड ७५ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ। 

त्यस्तै कारोबार भएको सेयर संख्याको आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ अग्रस्थानमा रहेको छ । सिद्दार्थ इन्भेष्टमेन्टको ३६ लाख २३ हजार इकाई कारोबार भएको छ। त्यसै गरी कारोबार संख्याको आधारमा हिमालयन पावर पार्टनर लिमिटेड अग्रस्थानमा रहेको छ। हिमालयन पावरको ११ हजार ८८९ कित्ता सेयर कारोबार भएको छ।      

(स्रोत: नेप्से)




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved